Color

कोरिया विशेष

सुर्खेत समाज दक्षिण कोरियाको सेल्टर सञ्चालनमा समस्यामा परेका नेपालीहरु लाभाविन्त हुने

सुर्खेत समाज दक्षिण कोरियाको सेल्टर सञ्चालनमा समस्यामा परेका नेपालीहरु लाभाविन्त हुने

बोम्जन गुरुङ, सउल कोरिया
३१ मार्च २०२१

सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित सुर्खेतीहरुको क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाले कर्णाली प्रदेशको एक मात्र रेष्टुरेन्ट माइती घरसँगै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याएको छ ।

संस्थाका सल्लाहकार संयोजक आशाराम ढुङ्गाना, सल्लाहकार तुलस कुमार गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन सहित रिवन काटेर विधिवत् रुपमा उक्त आवास गृह (सेल्टर) को समुद्घाटन गरेका थिए । सो आवास गृहबाट विशेष गरी छनान, फेन्थेक, आसान लगायतमा आसपासको क्षेत्रमा काम छोडेर नयाँ कामको खोजीमा रहेका सम्पूर्ण नेपाली दाजुभाईहरुले लाभ लिन सकिने र समस्यामा परेर बस्ने ठाउँको अभाव भएकाहरुलाई मध्यनजर गर्दै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष बखत थापाले च्यानेल नेपालीलाई जानकारी दिए ।

यसअघि सुर्खेतका विभिन्न अग्निपिडित, बाढीपिडित, विभिन्न जटिल रोगले ग्रस्त बिरामीहरुलाई सहयोग गर्दै कोरियास्थित विभिन्न संघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको र नियमित क्रियाकलाप अन्तर्गत यसपटक आवास गृह (सेल्टर) अवधारणा सहित सामाजिक सेवामा संस्था अझ कटिबद्ध रहेको संस्थाका सचिव शिव पौडेलले प्रष्टयाए । संस्थाले सामाजिक क्रियाकलापमा आफ्नो दायरा फराकिलो बनाउँदै आएको परिप्रेक्ष्यमा आवास गृह (सेल्टर) स्थापनामा खुशी एवं शुभकामना व्यक्त गर्दै आशाराम ढुङ्गाना, तुलस कुमार गुरुङ लगायतले संस्थाप्रतिको धारणा राखेका थिए ।

कोरोनाको महामारीको कारण कोरिया आउन रोकिएका सुर्खेती लगायत समस्त नेपालीहरु छिट्टै कोरिया आउने प्रक्रिया सुरु हुने र आफूहरु पनि स्वागत गर्न आतुर रहेको र कुरा समेत कार्यक्रममा उपस्थित वक्ताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस