Color

विशेष सामाग्री

संजीवनी दिदीबहिनी केन्द्रद्वारा १११औं अन्तर्राष्ट्रिय नारी दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

संजीवनी दिदीबहिनी केन्द्रद्वारा १११औं अन्तर्राष्ट्रिय नारी दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

२९ फाल्गुन २०७७, पोखरा

संजीवनी दिदीबहिनी केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस तथा सम्मान कार्यक्रम संजीवनी दिदिबहिनी केन्द्रका अध्यक्ष बिना गुरुङको अध्यक्षतामा र तमु धीं नेपालका संस्थापक अध्यक्ष तथा एभरेस्ट एफएमका संस्थापक अध्यक्ष,ओम डिप्लोप्मेण्ट बैंकका पुर्व डाइरेक्टर तथा पोखरा बिश्वबिद्यालयका सेनिटर कर्म गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट व्यक्तिवहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संजीवनी दिदिबहिनी केन्द्रका सचिव कौशिला गुरुङले संचालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हिरादेवी गुरुङले राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कर्म गुरुङ ,बिशिस्ट अतिथि संजीवनी दिदिबहिनीका कानुनी सल्लाहकार अधिवक्ता तारा शर्मा,विद्यार्थी युनिय बिक,संस्थाका आजीवन सदस्य गीमाया गुरुङ,शुभकामना महिला बिकास केन्द्रका अध्यक्ष सुनिता श्रेष्ठ,मानव आश्रम पोखराका संस्थापक अभिभावक ,कानुनी विद एवं प्रेस संगठन गण्डकी प्रदेशका संयोजक सुष्मा पौडेल र महिला उद्यमी संघ नेपाल कास्कीका उपाध्यक्ष पार्वती पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संजीवनी दिदिबहिनी केन्द्रको तर्फबाट रेडियोलोजिस्ट पढ्नको लागि युनिय बिक लाई प्रमुख अतिथि कर्म गुरुङको हातबाट रकम हस्तान्तरण गरेको थियो भने संजीवनी दिदिबहिनी केन्द्रले बिकको पढाइको लागी लाग्ने सम्पुर्ण खर्च व्यहोर्ने भएको छ। कार्यक्रममा संजीवनी दिदिबहिनीको तर्फबाट प्रमुख अतिथि कर्म गुरुङ , संस्थाका आजीवन सदस्य गीमाया गुरुङ , किरण गुरुङ र अक्षयकोषदाता लालकाजी गुरुङ लाई सम्मान पत्र सहित सम्मान गरेको थियो भने नयाँ आजीवन सदस्यता लिएका युके निवासी नानू गुरुङ लाई पनि सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा युके निवासी लालकाजी गुरुङले संस्थाले गरेका उद्देश्य लाई मन पराइ आफ्नो बाबा डम्बर बहादुर गुरुङ र आमा चिनिमाया गुरुङको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष खडा गरेको छ ।त्यसै गरि युके निवासी आजीवन सदस्य नानू गुरुङले आफ्नो सासू आमा लाल कुमारी गुरुङको स्मृतिमा ७ हजार र आजीवन सदस्यको लागि पच्चीस हजार गरि ३२ हजार सहयोग गरेको छ।

संजीवनि दिदिबहिनी केन्द्रका युके संयोजक जयन्ती गुरुङ मार्फत अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर युकेका सहयोगी दाताहरू बाट २ लाख रुपैया सहयोग गरेको छ। सहयोगी दाताहरु जयन्ती गुरुङ-६३ पाउण्ड,नानू गुरुङ – ५१ पाउण्ड, रजनी गुरुङ – ५१ पाउण्ड, अनिता गुरुङ – ५१ पाउण्ड,प्रमिला गुरुङ – ५० पाउण्ड, पबित्र गुरुङ – ५० पाउड, उमा गुरुङ – ५५ पाउण्ड,पानु गुरुङ -५० पाउण्ड, दिपक गुरुङ -५० पाउण्ड, मैना गुरुङ -५० पाउण्ड,चन्द्र गुरुङ -२५ पाउण्ड, टीका पुन – २५ पाउण्ड,कमाला गुरुङ – २५ पाउण्ड,तारा गुरुङ-५५ पाउण्ड,शान्त गुरुङ – ५० पाउण्ड,अमृता गुरुङ -२१ पाउण्ड,इश्वरी थापा देवन – ५० पाउण्ड,नन्द गुरुङ-३० पाउण्ड,सरस्वती गुरुङ ५० पाउण्ड,बिबिसि युके मनाङ-५० पाउण्ड,शिव गुरुङ- १०० पाउण्ड,कृष्चियन महिला एशोसिएसन भक्ती गुरुङ – ५० पाउण्ड बाट नेपाली रुपैया दुई लाख सहयोग प्राप्त भएको संस्थाका कोषाध्यक्ष लक्ष्मी गुरुङले जानकारी गराएका थिए।

कार्यक्रम समापन कार्यक्रमका अध्यक्ष बिना गुरुङले गरेका थिए भने कार्यक्रम समापन गर्दै अध्यक्ष गुरुङले उपस्थित प्रमुख अतिथि,बिशिस्ट अतिथि र अतिथि गण र सम्पुर्ण उपस्थित महानुभवहरु लाई धन्यवाद दिएका थिए। संजीवनी दिदिबहिनी केन्द्रले महिला हकहित र उत्थानको लागी पहल गर्ने र आर्थिक स्तर कम्जोर भइ पढ्न बाट बन्चित भएका बहिनीहरु सहयोग गर्दै आएको र सहयोग गर्ने बताएका छ्न।

प्रतिक्रिया दिनुहोस