Color

विशेष सामाग्री

किरण होमियो फार्मेसीद्वारा समाजसेवी मानु कोन्मे तमुलाई सम्मान

किरण होमियो फार्मेसीद्वारा समाजसेवी मानु कोन्मे तमुलाई सम्मान

२९ फाल्गुण २०७७, पोखरा

किरण होमियो फार्मेसीको १६ औं स्थापना दिवस तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज किरण होमियो फार्मेसी द्वारा समाजमा हिँसा,पीडामा र अन्यायमा परेका महिला बालबालिका तथा पिछडिएका वर्गको लागी न्यायको लागी आवाज उठाउदै आएको भन्दै सञ्चारकर्मी एवं समाजसेवी स्याङ्जा अर्जुनचौपारी – ३ निवासी मानु कोन्मे तमु लाई नगद ८,५६१/- (आठ हजार पाँच सय एकसट्ठी) रुपैया सहित सम्मान गरेको छ।

सम्मान कार्यक्रम पुरानो घर पर्वत महाशिला-४ लम्तुन हाल पोखरा निवासी किरण होमियो फार्मेसीका संचालक,अल नेपाल हिमियोप्याथिक एशोसिएसन गण्डकी प्रदेशका उपाध्यक्ष,तमु सांस्कृतिक प्रतिष्ठान नेपालका आजिवन सदस्य,तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिका संगठन बिभाग प्रमुख,संजीवनी दिदिबहिनी केन्द्र नेपाल केन्द्रका आजीवन सदस्य,छ्याजालो मिडियाका संचालक,तमु (गुरुङ) सञ्चारकर्मी संघका केन्द्रिय सदस्य,मिलन वर्ल्ड न्युजका मार्केटिङ म्यानेजर,गोर्खा खबर र सोल्टी टिभी का गण्डकी प्रदेश इन्चार्ज तथा एशियन फोरमका कास्की जिल्ला सदस्य किरण गुरुङ र आमा दिल माया गुरुङले सम्मान गरेका थिए।

किरण होमियो फार्मेसी २०६१ सालमा स्थापना भएको हो। स्थापनाकाल देखि नै किरण होमियो फार्मेसीले आफ्नो सेवा लाई निरन्तर रुपमा सेवा प्रदान आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस