Color

Uncategorized

“पेट भरिएको सपना”ले जित्यो प्रथम स्थान

“पेट भरिएको सपना”ले जित्यो प्रथम स्थान

ह्यारी बोण्ड, १३ असार/सौल कोरिया

कोरियाव्यापी खुला नेपाली कविता लेखन प्रतियोगितामा कवि युवराज फुँयालको कविता “पेट भरिएको सपना”ले प्रथम स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया शाखाले हालै सम्पन्न गरेको उक्त प्रतियोगितामा कुल ४३ कविताहरूलाई उछिन्दै कोरियामै कार्यरत मोरङका कवि फुँयालको कविता प्रथम भएको हो । प्रतियोगितामा बाग्लुङका कवि निर्दोष शिवको कविता “के रैछ यो जिन्दगी”ले दोस्रो र नुवाकोटका कवि माधव लम्सालको कविता “लाहुरेको सम्झना”ले तेस्रो स्थान प्राप्त गर्न सफल भएको कविता प्रतियोगिता संयोजक आए एन अधिकारीले जानकारी दिनुभयो ।

कविहरू युवराज फुँयाल,निर्दोष शिव र माधव लम्साल लामो समयदेखि कोरियालाई कर्मथलो बनाउदै नेपाली साहित्य लेखनमा सक्रिय छन् । विजयी कविहरूलाई वर्तमान महामारीको अवस्था अन्त्य भए लगत्तै एक कार्यक्रम आयोजना गरी पुरस्कृत गरिने संस्थाका अध्यक्ष डा. प्रमोद सारंगले जानकारी दिनुभयो । गत वर्ष संसारभर रहेका अनेसास च्याप्टरहरू मध्येबाट ‘फस्ट रनर अप’ घोषित कोरिया शाखाले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न साहित्यिक सभा, गोष्ठी र कार्यक्रम गर्दै आएको छ भने चर्चित अनलाइन कार्यक्रम ‘काव्य-सुधा लाइभ’ लाई पनि विगत ३ बर्ष यता निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस