Color

Uncategorized

महिला पत्रकारलाई अल नेपाल होमिप्याथिक एशोसियनको सहयोग ।

महिला पत्रकारलाई अल नेपाल होमिप्याथिक एशोसियनको सहयोग ।

पोखरामा क्रियाशील पत्रकार महिलालाई अल नेपाल होमिप्याथिक एशोसियन गण्डकीले कोरोना भाइरस बिरुद्ध सुरक्षा सामाग्री सहयोग गरेको छ ।

सोही क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी समेत वितरण गरिएको हो । पत्रकार महिलाको भौतिक र स्वास्थ्य सुरक्षाको लागी संस्थाका अध्यक्ष डा. विष्णुप्रसाद चापागाईले क्रियाशील महिला पत्रकार (डब्लूडब्यूजे) गण्डकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनीलाई मास्क, सेनीटाईजर, ग्लोब्सका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी आर्सेनिक एल्ब-३० जस्ता सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा डा. चापागाईले कोरोना कहर विपुर्याउन सामाग्री प्रदान गरेको बताए । डब्लूडब्यूजे गण्डकी अध्यक्ष पंगेनीले फिल्डमा रिपोर्टिङ गर्दा थप सुरक्षित र जिच अग्रपंक्तिमा रहेका पत्रकारको रोग प्रतिरोधात्मक शक्ति बढाउन तथा सुरक्षित भएर काम गर्ने वातावरणमा सहयोग जिम्मेवार भएर पत्रकारिता गर्न सुझाव र हौसला दिईन् ।

एशोसियन उपाध्यक्ष किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाविरुद्धको लडाईमा अग्रपंक्तिमा क्रियाशील चिकित्सक, सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक, जनप्रतिनिधि, सामाजिक अभियान्ता विभिन्न फार्मेसी सेन्टरबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी आर्सेनिक एल्ब-३० जस्ता सामाग्रीहरु वितरण गर्दै आएको बताईन् ।

प्रतिक्रिया दिनुहोस