जिवन अर्याल
१३ जेठ २०७६, दक्षिण कोरिया ।
वालिङ नगरपालिका स्थित वडा. नं. १० आम्बोट (मौरिहा) मा अवस्थित महाकाली मन्दिर पुनर्निर्माणका लागि दक्षिण कोरियामा रहेका त्यस गाउँ निकट युवाहरुले रु. १ लाख ४४ हजार आर्थिक संकलन गरी मन्दिर पुनर्निमाण समितिलाई हस्तान्तरण गरेका छन् ।
सत्यता, सत्कर्म अनि ईमान्दारीतालाई आत्मसाथ गरी दिब्यरुपी समुज्वल एवं सृजनशील समाज निर्माणमा सबैको सद्भाव, सहकार्यलाई शिरोधार्यका साथ महत्वपूर्ण अभियानमा जुट्दै यस पुण्यरुपी विशेष धार्मिक अभियानमा रकम संकलन भएको मन्दिर पुनर्निर्माणका संयोजक ओमप्रकाश गैह्रेले जानकारी दिनुभयो ।
मनभित्र घरदेश बोकी बाध्यात्मक परिस्थितिले परदेशीएका सहयोगी भावनाले ओतप्रोत युवाहरुबाट पाठखोला निवाशी जेष्ठ नागरिक श्री चक्रपाणी गैह्रेज्युको हातबाट मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष श्री कमल गैह्रे, कोषाध्यक्ष श्री ढाकाराम अर्याल लगायत अन्य सक्रिय समाजसेवीहरुको संयुक्त रहोवरमा उक्त संकलित रकम हस्तान्तरण गरिएको हो । सुन्दर भविष्य र सपनाका साथ कर्म गरिरहेका संगठित युवाहरुको सहयोगप्रति आभार व्यक्त गर्दै पारदर्शीताका साथ सदुयोग गर्ने प्रतिबद्धता अध्यक्ष श्री कमल गैह्रेले बताउनुभयो । मन्दिर निर्माण समापन भएलगत्तै सहयोगीदाताहरुको नाम मन्दिर परिसरमा रहने गरी विशेष अभिलेख राखिने कुरा कोषाध्यक्ष श्री ढाकाराम अर्यालले थप्नुभएको छ ।
सहयोगीहरुको नामावली र रकम (कोरियन वोनमा)
1,ओमप्रकाश गैह्रे : 51000/-
2,निशा खनाल : 30000/-
3,रधुनन्दन मेहता सुनसरि 39999/-
4,युवराज भट्टराइ : 25000/-
5,शुन्दर रेग्मि : 55555/-
6,सालिकराम ढकाल : 31000/-
7,प्रकाश राइ धन्कुटा :33333/-
8:बरुन उपाध्याय: 30000/-
9:योगेस भुसाल:30000 /-
10,राजेन्द्र बेल्बासे: 30000/-
11,यज्ञ बस्याल : 30000/-
12,सुमन पाठक : 32000 /-
13,कृष्ण बोगति :30000 /-
14:बिशाल थापा: 31000/-
15: कमल परियार :25000/-
16:सुरेन श्रेष्ठ :55555/-
17: बलाराम गौतम :30000/-
18: केशब गौतम :30000/-
19:बिस्वनाथ पाठक:51000/-
20: प्रदिप श्रेष्ठ :30000/-
1:निर मगर :25000/-
22: सुमन मल्ल : 31000/-
23: इन्द्रमणी पाठक :60000/-
24: राजु पङ्गेनि: 100000/-
25: सुशील अर्यल: 25000/-
26, सुर्य पौडेल :111111/-
27,श्याम अर्यल: 30000/-
28,माधव सुवेदी : 10000/-
29.शन्तोश पङ्गेनि: 51000/-
30.बाम्देव डुम्रे : 51000/-
31.कमल रेग्मि : 10000/-
32.राज कुमार गैह्रे :33333/-
33.सुर्य अर्यल :25000/-
34.बिष्णु पौडेल : 35000/-
35.मनोज चापागाई : 22000/-
36.गज्देन्द्र रेग्मी :25000/-
37.नीरज मल्ल :25000/-
38.नबिन खनाल : 30000/-
39 चिरञ्जीवी डुम्रे: 51000/-
40.गौतम आचार्य:31000/-
संकलित जम्मा कोरियन वोन : 1481886/- हस्तान्तरण गरिएको जम्मा ने.रु.: १,४४,०००/-