Color

Uncategorized

कोरियामा “आठौं तिलिचो कप” फूटबल प्रतियोगिता स्थगित ।

कोरियामा “आठौं तिलिचो कप” फूटबल प्रतियोगिता स्थगित ।

बोम्जन गुरुङ

२७ अप्रिल २०२०, दक्षिण कोरिया ।

मनाङ परिवार दक्षिण कोरियाले यही २०२० जुन दोश्रो साता अर्थात १४ तारिख आयोजना गर्ने भनिएको “आठौं तिलिचो कप” फूटबल प्रतियोगिता स्थगित भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (Covid-19) संक्रमणको कारणले गर्दा सोयोसान फुटबल खेल मैदानमा आयोजना गर्ने भनिएको सो प्रतियोगिता अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।

फूटबल खेलप्रतिको मोह र खेलकूद क्षेत्रका खेलप्रेमी र खेलाडीहरुलाई लक्षित गर्दै विगतका दिनहरु झै फूटबल खेल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरिएको तर अहिलेको विषम परिस्थिति र स्वास्थ्यलाई मध्यनजर गर्दै यो महत्वपूर्ण निर्णय गरिएको मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष विनराज गुरुङले जानकारी दिए । कोरोना भाईरस पूर्ण रुपमा नियन्त्रणमा आएपछि अर्को वर्षको सिजनमा प्रतियोगितालाई निरन्तरता दिने र यस प्रतियोगिताका लागी भरपूर तयारी गरिरहेका सम्पूर्ण संघसंस्था, खेलाडी तथा खेलप्रेमी महानुभावहरुमा पर्न गएको असुविधा प्रति आयोजकले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस