Color

कोरिया विशेष

रंगिन सपनाले बुनेको दक्षिण कोरिया

रंगिन सपनाले बुनेको दक्षिण कोरिया

 

सुनिल ठकुरी

, सोल दक्षिण कोरिया

नेपालिहरूको आकर्षक कमाई हुने गन्तव्य स्थल हो दक्षिण कोरिया, धेरै पैसा कमाउने अनि आनन्दको बिलाषिपन जीवन जिउन रहर कस्लाई पो हुँदैन र? हो त्यहि सपना मन भरि  एकातिर सँगाल्दैै गर्दा अर्को तिर नेपाल जहाँ दस नंग्रा खियाएर दैनिक छाक टार्न गार्हो हुँदाको पिडा हामी नेपालिलाई मात्र थाहा हुन्छ कति पीडा लुकेको हुन्छ भन्ने, र त्यहि पिडाले मानिसको मानस-पटलमा एक किसिमको तैरङ्ग प्रवाह गर्छ। ताकि विदेश गएर धेरै कमाउनु, अनि अधुरा बनेका काँचा सपनाहरू पूरा गरूँ, तैपनि नेपालको विद्धमान राजनैतिक परिस्थिति अनि अन्यौलताले गर्दा हामी धेरै नेपालिहरू विदेशिनु परेको छ, र त हजारौ युवाहरू दिन-प्रतिदिन विदेश पलान भएका छन्। यो रहर नभईकन बाध्यता हो।

कोरिया प्रबेश गर्न जति जटिलता छ कोरिया प्रबेश गरेपश्चात यहाँ भिज्न त्यति नै गाह्रो छ। नेपालमा रहदा कोरियाको सुनौलो बिलासिपन जिवनशैलि कल्पनामै सजाउदै जब कोरियाको ईन्छन एयरपोर्ट ओर्ले सँगै शुरू हुन्छ दुःखका दिन, यहाँको वास्तविक जीवन निकै कष्टदायी हुन्छ भनिन्छ नि सोचे जस्तो हुन्न जीवन जस्तो भोग्यो त्यस्तै हुन्छ हो वास्तबमै यहि हो कोरिया।

कोरियाको जब ३ दिने ट्रेनिङ मा बिहानि झिसमिसेमै उठेर तालिमको लागि हलतिर आँखा मिच्दै दौडिनु पर्दा कम्ता उदेक लाग्दो त हुँदैन, त्यसैमाथि घाँटीबाट पटक्कै नछिर्ने यहाँको खाना सोच्दा घरछँदा आमासँग घुर्क्याएरर खाएको खानाले मानसपटलमा चिम्टिरहन्छ। जब बिस्तारै कम्पनि प्रवेेेशसँगै कोरियाको १६ घण्टे कामको दैनिकि शुरू हुन्छ तब शरिरमा १००kG को भारि झुण्याए जस्तो आभाष हुन्छ, कोरियाको -२२° को कठ्याङ्ग्रिदो जाडो सँगै आँखा मिच्दै १ चपरि पाउरोटि र एक गिलास दूध सँगै दिनभरि घोटिनु पर्छ, दिनभरि भोटेको पाल्ली-पाल्ली अनि जिन्दगिमा देख्दै नदेखेेको बडेमानको मेसिन त्यसमाथि मेसिनसँगै १६ घण्टा लादिनुपर्दा खेरी सम्झदा आङ जिरिङ्ग भएर आउँछ,अलिकति कामको के बिगार गर्यो  सेक्या र सिफालको आशिष हुन्छ, घरमा छँदा आमाको एक वचन तितो लाग्ने मान्छे यहाँ दैनिक गालिको वर्षा सहनुपर्ने बाध्यता छ।

जसो तसो ड्युटि सके लगत्तै कामको थकाईले लखतरान भई कोठामा के पुगेेको हुन्छ भोकले आँखा समेत देखिदैन, एकमनले सोच्छ हैन वास्तबमै कोरिया मेरा लागि होईनछ, झर्लक्क घरको याद आउँछ, आमाले दिएको मार्सि धानको भात र सिब्लिघानको साग अनि दिदिको आँखा छलेर मेरो भागको खानामा २ चम्चा घिऊ थपिदिएको यादले बारम्बार घोच््न्न थाल्यो।अनि घरि घरि फर्कन मन लाग्छ, तर फेरि अर्को मनले सोच्छ हैन फर्किए पश्चात् समाजमा मलाई हेर्ने दृृृृष्टिकोण राम्रो हुदैन, फलानाको छोरा काम गर्नको दुःखले टिक्न नसकेर फर्केको हल्लिएर खाई आएको के टिक्न सक्छ जस्ता कुराहरूले मनमा तर्क बितर्क गर्न थाल्छ। उसै त छोरा कोरिया गएर धेरै धन कमाउँछ आमाको एऊटा छुट्टै सपना छ त्यो सपना साकार पार्नु मेरो दायित्व हो भन्ठानि जसो तसो काममा दलिरहे|

छिप्पिदो रात सँगै तातोपानिमा समुन्द्रको लेउ हालि बनाएको सुप(खुक)सगै एक गाँस भात खाए सँगै यसो के बिस्तारामा पल्टिएर रात काट्नु पर्ने बाध्यता हुन्छ। घण्टा बित्छ, दिन बित्छ, हप्ता बित्छ, महिनौ बित्छ महिना बिताउन बर्षौ बताउन जस्तै कठोर हुन्छ। घर परिवारले आएकोो दिन देखि नै क्यालेण्डरमा गोलो लगाऊदै अौला भाँच्न शुरू हुन्छ, बस् ! महिना कहिले पुग्छ भन्ने आशमा। मनमा यी र यस्ता  अनेकौ कुरा खेलाउदै गर्दा कतिखेर भुसुक्क निदाएको पत्तै हुँदैन, एक्कासि बिहानको ५ बजेेेेको घडिको कानै खाने आर्लाम सँगै हतारिदै ऊठ्यो फेरि दैनिकि यसरी नै शुरू हुन्छ, हो यहि र यस्तै हो कोरिया, जताततै जंगल बाटोका शून्य छ एकजना मानिस हिडेको देेेेख्दा कतै नेपाली नै हो कि भन्ठानि मन ढक्क फुलेर आँऊथ्यो, जंगलको एक्क छेऊमा कम्पनि अनि कम्पनिमा नेपाली एक्लो हुँदाको पिडाले झन्झन् मष्तिष्क शिथिल बनाउथ्यो।

बिदाका दिनमा कतै नेपालि भेटिन्छ भन्ने आशमा बस्ति बाटो चोक सबै चहारेर सक्थे तर फगत यहाँ काम अनि पैसा मात्र सोचिदोरहेछ,  सबै काममा ब्यस्त हुनेरहेछन यो मैले सोचिन धेरै समय भोको पेटमा बिताए, धेरै समय अनिदो अनि एक्लोपनामा बिताए, सोचे एकमनले आखिर कोरिया कोरिया नै रहेछ।मेरो शुरूवातको बर्ष दिन दुःखै दुःखमा बिताए अहिले सोच्दा मनमा सियो रोपिए जस्तै चस्स बिझ्छ, बिस्तारै भाषाको ज्ञान लिन थाले, काममा भिज्न थाले, कोरियन खाना सँगै भिज्न सके , साथिभाईको सम्पर्कमा रहन थाले अहिलेे कोरिया सहज बनिरहेको छ, भन्न चाहान्छु कोरियाको जिवनशैलि सहज छैन, नेपालमा बसेर अग्ला महल चिल्ला गाडि आकर्षक जिवनशैलि नसोच्नुहोस्, भाषाको ज्ञान राम्रो बनाउनुहोस् कोरिया आईसकेपछि जस्तो काममा नि भिज्न सक्ने साहश राख्नुहोस्  अनि मात्र कोरियाको जीवन सहज बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस