Color

Uncategorized

कृष्ण गण्डकी समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, प्रकाश भट्टराईको नेतृत्वमा कार्यसमिति चयन ।

कृष्ण गण्डकी समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, प्रकाश भट्टराईको नेतृत्वमा कार्यसमिति चयन ।

प्रकाश भट्टराई/बोम्जन गुरुङ, दक्षिण कोरिया ।

२६ जनवरी २०२०

“हाम्रो चाहना समृद्व समाज निर्माणको परिकल्पना “ भन्ने मूल नाराका साथ सन् २०१५ सालमा साविकको कृष्ण गण्डकी गाविस वाट दक्षिण कोरिया आई रोजगारको शिलशिलामा रहेर कर्म गर्दै एक आपसमा अझ भाईचारा विकास गर्दै एकतावद्व भएर सामाजिक कामहरु गर्दै अगाडि बढ्न सकिन्छ भन्ने उदेश्यका साथ स्थापना भएको यस कृष्ण गण्डकी समाज दक्षिण कोरियाले आफ्नो तेस्रो अधिवेशन सफलताका साथ सम्पन्न गरेको छ । कृष्ण गण्डकी समाज दक्षिण कोरियाका अध्यक्ष बिजय थापाको सभापतित्वमा स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष युवराज गुरूङकाे प्रमुख आतिथ्यसँगै स्याङ्जा परिवार दक्षिण कोरियाका सल्लाहकारहरु शिब बस्याल क्षेत्री, वाई. वि. राना, अनिल गिरी, निवर्तमान सचिव तथा सञ्चार विभाग बोम्जन गुरूङ, वरिष्ठ उपाध्यक्ष पुर्ण गुरूङ, उपाध्यक्ष बिपना गुरूङ, स्याङ्जा परिवारका केन्द्रीय सदस्यद्वय डिल्लु बिरकट्टा मगर र इन्द्रा थापा मगर त्यसैगरी कृष्ण गण्डकी समाज द. कोरियाका सल्लाहकार कमल अधिकारी, गोपाल न्यौपाने, खगेन्द्र न्यौपाने, टंक प्रसाद भट्टराई निवर्तमान अध्यक्ष राजेश पाण्डेयको उपस्थिति रहेको कार्यक्रम संचालन सचिव हरी न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै संस्थाका बरिष्ठ उपाध्यक्ष प्रकाश भट्टराईको स्वागत मन्तब्यबाट कार्यक्रम शुरू भएको थियो ।

कार्यक्रमका बिशिष्ठ अतिथि शिब बस्याल क्षेत्रीले परदेशी भुमिमा रहँदा एक अर्कामा परिपुरक भएर कृष्ण गण्डकी मात्रै नभएर स्याङ्जाली तथा समग्र नेपाली सुख दुःखमा हातमा हात मिलाएर हिड्नुपर्ने, साथमा साथ दिदै परदेशी भुमिलाइ सरल र सहज बनाउनु पर्ने कुरामा मध्यनजर गर्दै तेस्रो अधिवेशन भएको कुरा प्रष्ट पार्नुभएको थियो । त्यस्तै वाई. वि. रानाले परोपकारी र सामाजिक कामहरुमा प्रकाश पार्दै यसलाई कसरी अगाडी बढाउदै आफ्नो ठाउँ, समाज र समग्र राष्ट्रको सकरात्मक समृद्वि बनाउन सकिन्छ भन्दै यसमा पदीय जिम्मेवारी भन्दा आ-आफ्नो तर्फबाट गर्न सक्ने जिम्मेवारी बहन गर्न आह्वान गर्दै एउटा राम्रो संस्था बनाउन सबैको उत्तिकै जिम्मेवारी रहेको कुरा व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि युवराज गुरूङले समग्र संस्थाकाे उद्वेश्य र कृष्ण गण्डकी समाजको स्याङ्जा परिवार प्रतिको भूमिका र उद्वेश्य संगै सामाजिक दायित्वप्रति सबै एकजुट भएर लाग्नुपर्ने सन्देश दिनुभएको थियो । यसैगरी यस संस्थाका निवर्तमान अध्यक्ष राजेश पान्डेले आजसम्म संस्थाले गरेको गतिविधिमा आफ्नो धारणा राख्दै संस्थालाई अझ बलियो बनाउदै जानुपर्नेमा जोड दिनुभयो । यसैगरी बिभिन्न महानुभावहरुले आफ्नो भनाई राख्दै संस्थालाई मजवुत बनाउनका लागि सबै साथीहरू लाग्नुपर्ने र प्रदेशकाे सीप, ज्ञानलाई नेपालमा सदुपयोग गर्नुपर्नेमा सकरात्मक सन्देश दिनुभएको थियो ।

मन्तव्यका क्रममा यस संस्थाका सल्लाहकार गोपाल न्यौपाने ज्यूले आफ्नो ४ वर्ष १० महिनाको पहिलो कार्यकाल सकुशल समाप्त गरि नेपाल जान लाग्नुभएकोमा उहाँको यात्रा सफल रहोस् भन्ने कामनाका साथ विदाई गरिएको छ । कार्यक्रमका सभापति बिजय थापाले आफ्नाे कार्यकाललाई सफल बनाउनका लागि तन, मन र धनले सधै साथ दिएर कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सबै प्रति आभार प्रकट गर्नुभयो ।

नव निर्वाचित कार्यसमितिहरु :

अध्यक्ष :- प्रकाश भट्टराई

वरिष्ठ उपाध्यक्ष :-हरी न्यौपाने

उपाध्यक्ष :-टिका पाण्डे

उपाध्यक्ष :-माया न्यौपाने

सचिव :- अपिल भट्टराई

सह-सचिव :- सुदिप पाण्डेय

काेषाध्यक्ष:- सुन्दर पाण्डेय

सह-काेषाध्यक्ष:-नामादेव अधिकारी

सदस्यहरु :-

सुरेश भट्टराई,

दिपक थापा,

सुन्दर न्यौपाने,

हुमनाथ न्यौपाने,

सरस्वति पाण्डे,

विष्णु न्यौपाने,

कृष्ण न्यौपाने,

नारायण न्यौपाने,

रामचन्द्र न्यौपाने,

प्रमुख सल्लाहकार :-खगेन्द्र न्यौपाने

वरिष्ठ सल्लाहकार :- युवराज अधिकारी,

वरिष्ठ सल्लाहकार :- कमल अधिकारी

सल्लाहकारहरु,

:राजेश पाण्डेय

: शंकर गौडेल

:-बिजय थापा

:-कुमार न्यौपाने

:-खगेन्द्र न्यौपाने

:-टंकप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस