Color

खेलकुद

इप्रका सिमराका प्रहरी नीरिक्षक हमालले सम्हाले कार्यभार

इप्रका सिमराका प्रहरी नीरिक्षक हमालले सम्हाले कार्यभार

 बाराको सिमरा स्थित इलाका प्रहरी कार्यालयका प्रहरी नीरिक्षक सुवास हमालले विहिबारबाट आफ्नो कार्यभार सम्हालेका छन् ।
प्रहरी नीरिक्षक भुवन भट्टलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएपछि बुधबार सिमरा आइपुगेका प्रहरी नीरिक्षक हमालले विहिबार आफ्नो कार्यभार शुरु गर्दै पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरे ।
पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नीरिक्षक हमालले बारा जिल्लाको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै सिमरा क्षेत्रको शान्ति सुरक्षाका लागि अहोरात्र लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
समाजका सबै वर्गसंग समान सम्बन्ध कायम राख्दै अपराध नियन्त्रण, नागरिकको सुरक्षा र समाजमा सकारात्मक परिवर्तनका लागि काम गर्ने प्रहरी नीरिक्षक हमालले बताए ।
कार्यक्रममा बाराका बरिष्ठ पत्रकार गुरुप्रसाद गौतम, रेशम तिवारी, लगायत विभिन्न संचार संस्थामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस