Color

Uncategorized

स्याङ्जा परिवारको “बडा दशैं तथा शुभ दीपावली शुभकामना आदान प्रदान २०७६ कार्यक्रम” धूमधामका साथ सम्पन्न ।

स्याङ्जा परिवारको “बडा दशैं तथा शुभ दीपावली शुभकामना आदान प्रदान २०७६ कार्यक्रम” धूमधामका साथ सम्पन्न ।

बोम्जन गुरुङ दक्षिण कोरिया ।

“स्याङ्जाली एकता उपकारी मन, सदभाव सँगै विताऔं परदेशी जीवन” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा छुट्टै पहिचान बोक्दै अगाडि बढिरहेको स्याङ्जा परिवारले विगतका वर्षहरुमा झैँ २०७६ सालको बडादशैं तथा शुभ दीपावलीको सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं कार्यक्रम यही २०१९ अक्टोबर १२ तारिक कोरियाको राजधानी सउल स्थित दर्शन नमस्ते रेष्टुरेन्ट, दोङ्देमुनमा धूमधामका साथ मनाएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङको सभापतित्व रहेको सो कार्यक्रम वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङको स्वागत मन्तव्य सँगै शुरु भएको थियो । कार्यक्रममा केन्द्रीय वरिष्ठ सल्लाहकार गुन बहादुर रानाको प्रमुख आतिथ्यता, विशेष अतिथिहरुमा तमु धीं दक्षिण कोरियाका अध्यक्ष जित गुरुङ, स्याङ्जा घर “सेल्टर” व्यवस्थापक तथा केन्द्रीय सल्लाहकार नरेन्द्र गुरुङ, केन्द्रीय सल्लाहकार भावना गुरुङ, निवर्तमान कार्यवाहक अध्यक्ष तथा केन्द्रीय सल्लाहकार वाई.बि.मगर, अतिथिहरुमा निवर्तमान खेल संयोजक तथा तमु धीं दक्षिण कोरियाका केन्द्रीय महासचिव लेसन गुरुङ, भलिबल टिम क्याप्टेन तथा राष्ट्रिय रेफ्री अमित राना, टिम कोच टेक नारायण काफ्ले, राष्ट्रिय रेफ्री/खेलाडी डिल्लु बिरकट्टा मगर, निवर्तमान केन्द्रीय सचिव तथा वर्तमान मिडिया-संचार प्रमुख बोम्जन गुरुङ, स्याङ्जा भिरकोट आर्थर तमु समाजका अध्यक्ष नर कुमार गुरुङ र सोही संस्थाका उपाध्यक्ष माया गुरुङ, नेपाल मगर संघ दक्षिण कोरियाका सल्लाहकार गोकर्ण थापा र सोही संस्थाका केन्द्रीय सचिव वासु थापा मगर, पाँच-स का महासचिव प्रेमराज अधिकारी लगायत अन्य अग्रज तथा सक्रिय व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कोरियाको लामो बसाईलाई बिट मार्दै नेपाल जाने तयारीमा लाग्नुभएका संस्थाको केन्द्रीय वरिष्ठ सल्लाहकार गुन बहादुर रानालाई शुभयात्राको कामना सहित संस्थाको विभिन्न कालखण्डमा मन, वचन र कर्मले उल्लेखनीय सामाजिक सेवा गर्दै सक्षम संस्थाको रुपमा परिचित बनाउन उहाँले प्रदान गर्नुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै संस्थागत रुपमा मायाको चिनो र उपस्थित महानुभावहरुद्वारा दोसल्ला सहित भव्य सम्मान र विदाई कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा निवर्तमान केन्द्रीय सचिव तथा वर्तमान मिडिया-संचार प्रमुख बोम्जन गुरुङ, स्याङ्जा घर “सेल्टर” व्यवस्थापक तथा केन्द्रीय सल्लाहकार नरेन्द्र गुरुङ, तमु धीं दक्षिण कोरियाका अध्यक्ष जित गुरुङ, प्रमुख अतिथि केन्द्रीय वरिष्ठ सल्लाहकार गुन बहादुर रानाको लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेमराज अधिकारीको सहजीकरण सँगै उमेर र अनुभवका हिसाबले परिपक्व, उपस्थित स्याङ्जालीहरुको अभिभावकको रुपमा पुर्ण गुरुङ र नरेन्द्र गुरुङको हातबाट दशैंको टिका जमरा ग्रहण गर्ने कार्यक्रम सम्पन्न गरिएको थियो भने उपस्थित सबैलाई बुफे सिस्टमबाट स्वादिष्ट नेपाली भोजनको व्यवस्था पनि गरिएको थियो । करीव ७० जनाको उपस्थिति रहेको सो कार्यक्रम केन्द्रीय सचिव भक्त थापाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस