केशव रिमाल दक्षिण काेरिया ।
नेपालीहरूको महान चाड बिजयदशमी , दिपावली तथा छठ पर्वको अवसर पारी यस डेउमा कार्यरत नेपालीहरूको साझा संस्था डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरीयाले यहि मिती २०१९.१०.१३ गते आइतवारका दिन गजेदोमा अवस्थित ओक्पो डाडामा शुभकामना आदान प्रदान तथा दिवाभोज कार्यक्रम संगै टिका ग्रहण कार्यक्रम पनि रहेको र नेपालबाट आएका राष्ट्रिय कलाकारहरू बाट बिभिन्न दोहोरी गित संगै नाचगान र बिभिन्न सांगितिक कार्यक्रम पनि रहेको कुरा यस डेउ नेपाली एकता समाजका अध्यक्ष तथा यस कार्यक्रमका संयोजक श्री नबिन केसी ज्युले जानकारी गराउनु भएकाे छ ।
साथै बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नु साथसाथै उचित पुरस्कार को पनि ब्यबस्था गरिएको पनि जानकारी गराउदै यस कार्यक्रम लाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न यस डेउ मा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु संगै यहा कार्यरत सम्पूर्ण बिभिन्न संघसंस्थाहरू हरू लाई पनि हार्दिक आह्वान गर्नुभएको छ।