बोम्जन गुरुङ दक्षिण कोरिया ।
प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा स्याङ्जा परिवार दक्षिण कोरियाले २०७६ सालको बडा दशैं तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रमको आयोजना गरिने भएको हो ।
सेप्टेम्बर २८ तारिक स्याङ्जा घर “सेल्टर”मा सम्पन्न यस संस्थाको मासिक बैठक अनुसार बैठकमा प्रस्तावित बिभिन्न विषयमा भावी योजना तथा कार्यक्रमको बारेमा छलफल गरिएको थियो । यसका साथै केन्द्रिय कार्यसमितिका वरिष्ठ सल्लाहकार गुन बहादुर राना लामो समय कोरियाको बसाई बिट मार्दै नेपाल जानु लाग्नुभएको र उहाँले संस्थालाई आर्थिक, नैतिक र भौतिक रुपमा दिनुभएको योगदानको उच्च कदर गर्दै शुभयात्राको कामना सहित सो दशैं कार्यक्रममा विच उहाँको सम्मान कार्यक्रम समेत जोडिने नै संस्थाका केन्द्रिय अध्यक्ष युवराज गुरुङले जानकारी दिएका छन् ।
दशैंको धार्मिक परम्परा अनुसार अग्रज तथा मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलनलाई कायम राख्दै यो महत्वपूर्ण अवसर प्राप्त गर्न सकिने साथै नेपाली स्वादिष्ट भोजनको व्यवस्था गरिने संस्थाका केन्द्रिय सचिव भक्त थापाले बताए ।
२०७६ सालको बडादशैं तथा शुभ दिपावलीको पावन अवसरमा समस्त सु-स्वास्थ्य, सुख-समृद्धि , खुशी र दीर्घायु तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै संस्था सम्बद्ध (केन्द्रिय,किम्हे-बुसान,थेगु शाखा) सम्पूर्ण कोरियास्थित स्याङ्जाली तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा कार्यक्रममा पाल्नुहुन र सभ्य र भव्य रुपमा सफल बनाउनुहुन स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम तपसिल :
मिति : २०१९ अक्टोबर १२ तारिक (शनिवार)
स्थान : दर्शन नमस्ते रेष्टुरेन्ट, दोङ्देमुन(सउल)
समय : साँझ ठीक ०७:०० बजे ।
जाने तरीका : लाईन नं. १, दोङ्देमुन स्टेशन, गेट नम्बर ३ को अगाडि ।
विविध सोधपुछका लागी सम्पर्क :
युवराज गुरुङ : 01082868105
पूर्ण गुरुङ : 01080941070
विजय थापा : 01037855450
प्रकाश लामिछाने : 01021889618
बिपना गुरुङ : 01059604841