Color

Uncategorized

राष्ट्रिय लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ कोरियामा सम्मानित ।

राष्ट्रिय लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ कोरियामा सम्मानित ।

सुशिल गुरुङ, दक्षिण कोरिया

नेपाल भ्रमण बर्ष–२०२० लाई सफल बनाउने उदेश्यका साथ राष्ट्रिय संगितकर्मी संघ नेपालद्धारा दक्षिण कोरियामा “नेपाली सांस्कृतिक महामेला तथा श्रष्टा सम्मान कार्यक्रम-२०१९” आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा सहभागी हुन नेपालदेखि आउनु भएकी स्याङ्जा भिरकोट आर्थर अन्तर्गतको साविकको एलादी गाविस–४, खाल्टेमा जन्म लिई वर्षौँ देखि नेपाली लोक तथा दोहोरी क्षेत्रमा एक चम्किलो नक्षत्रका रुपमा क्रियाशील शर्मिला गुरुङलाई प्रवाशी भूमि दक्षिण कोरियामा कार्यरत स्याङ्जा भिरकोट आर्थर क्षेत्रका दाजुभाई तथा दिदीबहिनीहरुद्वारा एक भेटघाट कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान अर्पण गरेको छ ।

सो क्रममा उहाँलाई समाजका अध्यक्ष नर कुमार गुरुङ र सल्लाहकार भावना गुरुङले संयुक्त रुपमा मायाको चिनो प्रदान गरेका थिए । समाजका अन्य सदस्यहरुले समेत व्यक्तिगत रुपमा मायाको चिनो सहित आदरणीय शर्मिला गुरुङ ज्यूलाई स्वागत गर्दै खुशी साटासाट गरेका थिए । उक्त भेटघाट कार्यक्रममा बोल्दै समाजका अध्यक्ष नर कुमार गुरुङ ज्युले संसारभर छरिएर रहेका प्रत्येक नेपालीको मन मुटुमा बस्न सफल सुपरिचित व्यक्तित्वलाई प्रवासी भुमीमा प्रत्यक्ष भेटघाट गर्न पाउनु सबैको सौभाग्यको विषय बनेको बताउनुभयो ।

उहाँले समाज गायिका गुरुङ वीचको सम्बन्ध अझ प्रगाढ बन्दै निरन्तर अघि बढ्ने अपेक्षा व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई आभार व्यक्त गर्नुभयो । समाजका सचिव सुशिल गुरुङले सो अनौपचारिक भेटघाट कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस