Color

Uncategorized

तमु धीं कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।

तमु धीं कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।

बोम्जन गुरुङ, दक्षिण कोरिया ।

तमु धीं कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” भव्यताका साथ सु-सम्पन्न गरेको छ । दीर्घकालीन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ यही सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) 서울특별시 종로구 대학로 156 सउल थुकब्यल्सी जुङ्रोखु थेहाक् रो १५६ (Dongsung Concert Hall) मा कार्यक्रम सु-सम्पन्न भएको हो ।

गएको जून १६ मा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपाली सम्पर्क समिति (NCC)ले छुसकका लागि गरेको कार्यक्रम बाँडफाँडपछि तमु धीं कोरियाले अनुमति पाए बमोजिम कार्यक्रम तमु धींले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका मुख्य आकर्षणहरुमा लोक तथा दोहोरी ब्याटल गायक (बोलमाया/गलबन्दी) प्रकाश सपुत, पहिलो नेपाल आइडल/भर्सटायल गायक बुद्व लामा, हाँस्यकलाकार फुलन्देकी आमा (उमेश राई), लोक तथा दोहोरी गायिका बत्ती थापा मगर, पप गायिका त्रिशला गुरुङ, डान्सर आश्मा विश्वकर्मा र सरोज अधिकारी (Cartoonz Crew), साथमा ख्यातीप्राप्त अन्य स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुतिहरु रहेको थियो ।

संस्थाका केन्द्रिय अध्यक्ष जित बहादुर गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रम तमु धीं ख्यङ्साङ्नाम्दो- बुसान शाखाका अध्यक्ष अनिस गुरुङको स्वागत मन्तव्यसँगै कार्यक्रम शुरुवात भएको थियो । नेपाली राजदुतावास दक्षिण कोरियाका उपनियोग राम सिं थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उहाँले कार्यक्रमका विच बोल्दै यस्ता खाले कार्यक्रम हरेक कार्यक्रमपछि आर्थिक पारदर्शिता हुनुपर्ने र जुन उद्वेश्यले कार्यक्रम गरिएको छ त्यही अनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस अघि २०१५ मा तमु धीं दक्षिण कोरियाले “कर्मा ब्याण्ड”को साथमा रोधीं सांगीतिक सौगात भाग ३ को आयोजना गरेर कार्यक्रम भव्यताका साथ सफल पारेको थियो ।

औपचारिकपहिलो कार्यक्रम बोम्जन गुरुङको सहजीकरणसँगै संस्थाका केन्द्रीय महासचिव लेसन गुरुङले संचालन गरेका थिए भने दोश्रो अनौपचारिक तथा मनोरन्जनात्मक कार्यक्रम संचालन टोप गुरुङको सहजीकरण सँगै कुशल प्रस्तोता बिक्रम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

यसपटकको कार्यक्रम करिव १२०० जना भन्दा धेरै दर्शको भव्य उपस्थिति रहेको सो कार्यक्रममा आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने आमन्त्रित कलाकार, स्थानीय कलाकार, स्थानीय कलाकार, संस्थाका शाखाहरु, सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा तमु धीं हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस