Color

Uncategorized

स्याङ्जा परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा भव्यताका सम्पन्न ।

स्याङ्जा परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा भव्यताका सम्पन्न ।

बोम्जन गुरुङ, दक्षिण कोरिया ।

सन् १९९७ मा स्थापना भएको स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन चाड छुसकको लामो विदाको अवसर पारेर स्याङ्जालीहरुको बाक्लो उपस्थिति सहित २०१९ सेप्टेम्बर १३ तारिक शुक्रबारका दिन सउल स्थित दुर्गा रेष्टुरेण्ट (छिहा हल) छोङ्गाकमा वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।

यस स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रिय अध्यक्ष युवराज गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली संघ NRNA का उप-संयोजक तथा दुर्गा रेष्टुरेण्टका प्रोपाईटर विनोद कुँवर, विशेष अतिथिहरुमा संस्थाका सल्लाहकारहरु, बुसान शाखाका अध्यक्ष कमल अर्याल, थेगु शाखाका अध्यक्ष बीरेन्द्र कुमार नौभाग्य, कार्यक्रमका शिलशिलामा कोरिया आउनुभएका लोक तथा दोहोरी क्षेत्रका चम्किलो हस्तीहरु पशुपति शर्मा, बत्ती थापा मगर लगायत रहेका थिए भने अतिथिहरुमा संस्थाका विभागीय संयोजकहरु र अन्य अग्रज व्यक्तित्वहरु रहेका थिए ।

केन्द्रीय वरिष्ठ उपाध्यक्ष पुर्ण गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष विजय थापाले गएको एक वर्ष भित्रको आय-व्यय सहितको आर्थिक प्रतिवेदन, सह-सचिव किशु थापा मगरले हरेक गतिविधि भित्रका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सोही अवसरका विच कार्यक्रमका लागी कोरिया पाल्नुभएका लोक तथा दोहोरी क्षेत्रका चम्किलो हस्तीहरु पशुपति शर्मा, बत्ती थापा मगरलाई मायाको चिनो र दोसल्लाले संस्थागत सम्मान गरिएको थियो ।

केही हप्ता अघि संस्थाको विधान संशोधन गर्नुपर्ने बान्छनीय देखिएकोले संस्थाका पूर्वाध्यक्ष तथा वरिष्ठ सल्लाहकार धर्म गुरुङको संयोजकत्वमा बनेको समितिले “दोश्रो विधान संशोधन २०१९” तयार पारी उक्त भेलाले स-सम्मान पारित गरेको छ । विशेष कारणवश नेपाल जानुभएका संस्थाका पूर्वाध्यक्ष तथा वरिष्ठ सल्लाहकार धर्म गुरुङ र केन्द्रीय कार्यसमिति सदस्य सितल राना
मगरको लागी मायाको चिनो र सम्मान पत्र प्रदान गरियो । स्याङ्जा परिवार दक्षिण कोरियाको उक्त वार्षिक साधारण सभालाई संस्थाका केन्द्रीय सचिव भक्त थापाले कार्यक्रम संचालन गरेका थिए ।

यस कार्यक्रममा पाल्नुभई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने प्रमुख अतिथि, शाखाका अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्व सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, संस्थाका समस्त शुभचिन्तक, स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु, बुद्धिजीवीहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस