Color

Uncategorized

नेपालबाट चर्चित राष्ट्रिय कलाकार कोरिया आइपुगे, कोरिया पुरै रोधींमय हुन तम्तयार ।

नेपालबाट चर्चित राष्ट्रिय कलाकार कोरिया आइपुगे, कोरिया पुरै रोधींमय हुन तम्तयार ।

बोम्जन गुरुङ, दक्षिण कोरिया

दीर्घकालीन शेल्टर व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापनार्थ सहयोगार्थ तमु धीं दक्षिण कोरियाले आयोजना गर्न गईरहेको चौंथो रोधीं सांगीतिक सौगातका लागी नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कोरिया आईसकेका छन् ।

कार्यक्रमका मुख्य आकर्षणहरुका रुपमा रहेका लोक तथा दोहोरी ब्याटल गायक (बोलमाया/गलबन्दी) प्रकाश सपुत, पहिलो नेपाल आइडल/भर्सटायल गायक बुद्व लामा, हाँस्यकलाकार फुलन्देकी आमा (उमेश राई), लोक तथा दोहोरी गायिका बत्ती थापा मगर, पप गायिका त्रिशला गुरुङ, डान्सरद्वय आश्मा विश्वकर्मा र सरोज अधिकारी (Cartoonz Crew) आदि कार्यक्रमका लागी आज दिनको १:३० बजे दक्षिण कोरियामा अवतरण गरेका हुन् ।

यही २०१९ सेप्टेम्बर १३ तारिक (छुसकको दोश्रो दिन 서울특별시 종로구 대학로 156 सउल थुकब्यल्सी जुङ्रोखु थेहाक् रो १५६ -Dongsung Concert Hall मा हुने उक्त कार्यक्रम समय दिनको १:०० बजे देखि शुरु हुँदैछ । कार्यक्रम हलसम्म पुग्नको लागी सउल ट्रेन लाईन नं. ४, हेवा स्टेशन-गेट नं १ को बाहिर रहेको आयोजकले जनाएको छ ।

कोरियन् महान चाड छुसकको अवसरमा तमु धीं दक्षिण कोरियाद्वारा आयोजित यस नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा ख्यातीप्राप्त अन्य स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुतिहरु सहित भव्यताका साथ सु-सम्पन्न हुन गईरहेको उक्त बृहत् सांगीतिक कार्यक्रममा कोरियास्थित समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा तमु धींले हार्दिक निमन्त्रणा एवं स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस