Color

Uncategorized

“पञ्चकोट भलिबल कप २०१९” मा स्याङ्जा परिवारको शानदार सहभागिता ।

“पञ्चकोट भलिबल कप २०१९” मा  स्याङ्जा परिवारको शानदार सहभागिता ।

बोम्जन गुरुङ, दक्षिण कोरिया ।

दक्षिण कोरियामा सन् २०१७ स्थापित एक मात्र भलिबलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर बाग्लुङ समाज दक्षिण कोरियाले शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलको प्रबर्द्वन, आपसी सद्भाव आजको आवश्यकता भन्ने मूल उद्घोष सहित गौरवमय सातौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता “पञ्चकोट भलिबल कप २०१९” हुने भएको छ । यस प्रतियोगितामा स्याङ्जा परिवारले दृढ संकल्पका साथ शानदार सहभागिता जनाउने भएको छ ।

यही आउँदो १५ सेप्टेम्बर २०१९ सञ्चालन हुन गईरहेको सो प्रतियोगिता 월곡역 स्थित 성복구민 체육관 मा हुने भएको हो । प्रतियोगितामा विभिन्न संस्था र समूह-ग्रुप गरि जम्मा १४ टिमले सहभागिता जनाउने भएको छ । यस प्रतियोगितामा विजेताले नगद १३ लाख वन सहित कप, मेडल, प्रमाण पत्र र उप-विजेताले १० लाख वन सहित कप, मेडल, प्रमाण पत्र साथै सेमिफाइनलिष्ट दुई टिमले नगद ३ लाख ५० हजार वोनका दरले पुरस्कार राशी हात पार्नेछ । खेल अवधिभर एकजना उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टरलाई ५० हजार वोन नगद सहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

”पञ्चकोट भलिबल कप २०१९ ” का लागि स्याङ्जा परिवार भलिवल टिम

खेल संयोजक – राजेन्द्र हमाल
टिम कोच – टेकनारायण काफ्लेस्याङ्जाली रेफ्री/एम्पायर – डिल्लु बिरकट्टा मगर
स्याङ्जाली रेफ्री/एम्पायर – दीपक थापा मगर

स्याङ्जाली रेफ्री/एम्पायर तथा टिम क्याप्टेन – अमित राना

स्पाईकर – सुजन गुरुङ
स्पाईकर – कुमार गुरुङ
स्पाईकर – उत्तम थापा मगर
स्पाईकर – संगम अधिकारी
स्पाईकर – कृष्ण न्यौपाने
स्पाईकर – सुमन नेपाली
स्पाईकर – अरुण प्रताप खाँण
लिबेरो – अमृत सुनार
लिफ्टर – नोम थापा
__________________________________

भलिवल प्रतियोगिता हुने मिति, समय र स्थान :

मिति : १५ सेप्टेम्बर २०१९ आईतबार ।
समय : बिहान ठीक ०९:०० बजेदेखि ।
स्थान : 월곡역 स्थित 성복구민 체육관

स्याङ्जा परिवारको टि-शर्ट लगाएर खेलमैदानमा स्याङ्जाली खेलाडीहरुलाई हौसला प्रदान गर्नुहुन/खेलको मनोरञ्जन लिनुहुन सम्पुर्ण स्याङ्जाली तथा खेलप्रेमी महानुभावहरुमा संस्थाले हार्दिक आग्रह गरेको छ ।

सो खेलमैदानमा नेपाली स्वादिष्ट खाजाका परिकारहरु उपलब्ध हुनेछ । अन्ततः यो सिजनकै अन्तिम तथा छैटौं प्रतियोगिता “पंचकोट भलिबल कप २०१९” मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने बाग्लुङ समाज दक्षिण कोरियालाई कार्यक्रम सभ्य र भव्यताको साथ कार्यक्रम सफलताको शुभेच्छा सहित स्याङ्जा परिवारले हार्दिक शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस