Color

Uncategorized

“छुसक-सेप्टेम्बर १३” मा स्याङ्जा परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा हुने ।

“छुसक-सेप्टेम्बर १३” मा स्याङ्जा परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा हुने ।

बोम्जन गुरुङ, दक्षिण कोरिया ।

सन् १९९७ मा स्थापना भएको स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन चाड छुसकको लामो विदाको अवसर पारेर स्याङ्जालीहरुको बाक्लो उपस्थितिको अपेक्षा सहित यहि २०१९ सेप्टेम्बर १३ तारिक शुक्रबारका दिन सउल स्थित दुर्गा रेष्टुरेण्ट (छिहा हल) छोङ्गाकमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

यस स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रिय दशौं कार्यसमितिले आफ्नो आगामी वार्षिक कार्ययोजनाको बिषयमा छलफल तथा वितेका एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै सोही वार्षिक साधारण सभाकै अवसर पारेर संस्थाको “दोश्रो विधान संशोधन २०१९” पनि पारित गर्ने भएको हो ।

विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै दुई दशक भन्दा लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै स्याङ्जालीहरु र समग्र नेपालीहरुको हितमा केन्द्रित यस संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरुमा सक्रियता देखाउदै आईरहेको छ । विरामी पर्दा, काम छोडेर बस्दा वा विभिन्न अप्ठ्यारो परिस्थितिमा बस्न सहज होस् भन्ने हेतुले करिव ६ वर्षदेखि सउल-दोङ्देमुन स्थित स्थित स्याङ्जा घर (शेल्टर) पनि सञ्चालित छ । यसका साथै स्याङ्जा जिल्ला अन्तर्गत स्वास्थ्य क्षेत्रको सहयोगार्थ दुई वटा एम्बुलेन्स भ्यान पनि सञ्चालनमा आईसकेको छ । गृह जिल्ला स्याङ्जा भित्र र बाहिर विभिन्न सहयोगहरु प्रदान गरिसकेको छ ।

यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न शाखाका अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्व सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, संस्थाका समस्त शुभचिन्तक, स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु, बुद्धिजीवीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई हरसम्भव सूचना दिइएको र कारणवश प्राप्त नभए यहि सूचनालाई आधार मानेर उपस्थित जनाई कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।


कार्यक्रम तपसिल :

मिति : २०१९ सेप्टेम्बर १३ तारिक शुक्रबार ।

समय : साँझ ठीक ०८:०० बजे देखि ।

स्थान : दुर्गा रेष्टुरेण्ट, (छिहा हल) छोङ्गाक ।

जाने तरिका : ट्रेन लाईन नं. १, छोङ्गाक यकको गेट नं. १ बाट सोझै २ मिनेट अगाडी हिडेर पुग्न सकिने ।

सम्पर्कका लागि,

युवराज गुरुङ : 010-5961-0747

पुर्ण गुरुङ : 010-8094-1070

विजय थापा : 010-3785-5450

भक्त थापा : 010-8265-5614

प्रतिक्रिया दिनुहोस