Color

Uncategorized

“प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९”को उपाधीमा बाग्लुङ समाजको कब्जा ।

“प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९”को उपाधीमा बाग्लुङ समाजको कब्जा ।

बोम्जन गुरुङ, दक्षिण कोरिया ।

दक्षिण कोरियामा सन् २०१७ स्थापित एक मात्र भलिबलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर विकास, अनुशासन गतिशिलता भन्ने मूल उद्घोषसँगै बिश्वकर्मा समाज दक्षिण कोरियाद्वारा आयोजित “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” को उपाधी बाग्लुङ समाजले आफ्नो पोल्टामा पारेको छ ।

अगष्ट १८ तारिक आईतबारका दिन आसान स्थित 아산시민 체육곤 충남 아산시 신정로 685 मा उक्त प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो । सेमिफाइनलमा आनसान नेपाली समाजलाई हराउँदै फाईनल सम्मको यात्रा तय गरेको बाग्लुङ समाजले सेमीफाईनलमा कालीगण्डकी ब्वाईजलाई पाखा लगाएको बिश्वकर्मा समाजको टिमसँग उपाधिका लागि प्रतिष्पर्धा गरेको थियो । नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर सम्पन्न भईसकेका यो सिजनको ५ खेलमध्ये ४ वटा खेलमा बाग्लुङ समाज दक्षिण कोरियाले र १ खेलमा आनसान नेपाली समाजले सशक्त खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरिसकेको छ ।

प्रतियोगितामा विभिन्न संस्था र समूह-ग्रुप गरि जम्मा १४ टिमको सहभागिता रहेको थियो । जसमा उपाधि विजेता बाग्लुङ समाज, उपविजेता बिश्वकर्मा समाजले क्रमशः १३ लाख वन सहित कप, मेडल, प्रमाण पत्र र उप-विजेताले १० लाख वन सहित कप, मेडल, प्रमाण पत्र प्राप्त गरे । सान्तवना विजेता दुई सेमीफाईनलिष्ट टिमहरु आनसान नेपाली समाज र कालीगण्डकी ब्वाईजले ३ लाख ५० हजार वोन पुरस्कार राशीमा चित्त बुझाउनुपर्यो । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै विभिन्न विधाका खेलाडीहरु सम्मानित र पुरस्कृत भए जसमा उत्कृष्ट खेलाडी बाग्लुङ समाजका झपिन्द्र के.सी. (ट्रफीसहित), बिश्वकर्मा समाजका उत्कृष्ट स्पाईकर दिल बिश्वकर्मा, बिश्वकर्मा समाजकै उत्कृष्ट ब्लकर जनक रेग्मी, स्याङ्जा परिवारका उत्कृष्ट डिफेन्डर अमृत सुनार घोषित हुँदै नगद र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा खेल सञ्चालनमा मुख्य भूमिका निभाउनुभएका राष्ट्रिय भलिबल रेफ्रिहरु अमित राना, डिल्लु बिरकट्टा मगर, लोकेन्द्र भट्टचन र झपिन्द्र के.सी. लाई धन्यवाद स्वरुप सम्मान गरिएको थियो । सो प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाली सम्पर्क समिति (NCC) की अध्यक्ष अञ्जु के.सी.को प्रमुख आतिथ्यता, विशेष अतिथिहरुमा स्याङ्जा परिवारका अध्यक्ष युवराज गुरुङ, म्याग्दी प्रवासी संघका अध्यक्ष किसन सेन्चुरी र अतिथिहरुमा कोरियास्थित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधी अतिथिहरुको उपस्थिती रहेको थियो ।

बिश्वकर्मा समाजका कोषाध्यक्ष अमृत सुनारको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली सम्पर्क समिति (NCC) की अध्यक्ष अञ्जु के.सी. बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष कश्यपले सभापतित्व ग्रहण गरेका थिए । उहाँले कार्यक्रम समापन भएको घोषणासँगै २०१९ सिजनको पाँचौ भलिबल प्रतियोगिता “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” लाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने समस्त खेलप्रेमी महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । सो पुरस्कार वितरण समारोहको औपचारिक कार्यक्रम महासचिव लेसन घनश्याम बिश्वकर्माले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस