Color

Uncategorized

स्याङ्जा परिवारको “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” मा शानदार सहभागिता ।

स्याङ्जा परिवारको “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” मा शानदार सहभागिता ।

बोम्जन गुरुङ, सउल ।

दक्षिण कोरियामा सन् २०१७ स्थापित एक मात्र भलिबलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर बिश्वकर्मा समाज दक्षिण कोरियाले विकास, अनुशासन, गतिशिलता” भन्ने मूल उद्घोष सहित “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” हुने भएको छ । यस प्रतियोगितामा स्याङ्जा परिवारले दृढ संकल्पका साथ शानदार सहभागिता जनाउने भएको छ ।

यही आउँदो १८ अगष्ट २०१९ सञ्चालन हुन गईरहेको सो प्रतियोगिता 아산시민 체육곤 충남 아산시 신정로 685 मा हुने भएको हो । प्रतियोगितामा विभिन्न संस्था र समूह-ग्रुप गरि जम्मा १४ टिमले सहभागिता जनाउने भएको छ । यस प्रतियोगितामा विजेताले नगद १३ लाख वन सहित कप, मेडल, प्रमाण पत्र र उप-विजेताले १० लाख वन सहित कप, मेडल, प्रमाण पत्र साथै सेमिफाइनलिष्ट दुई टिमले नगद ३ लाख ५० हजार वोनका दरले पुरस्कार राशी हात पार्नेछ । खेल अवधिभर एकजना उत्कृष्ट खेलाडीले ट्रफी, नगद र प्रमाणपत्र प्राप्त गर्नेछ ।

”प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” का लागि स्याङ्जा परिवार भलिवल टिम

खेल संयोजक – राजेन्द्र हमाल
टिम कोच – टेकनारायण काफ्ले

स्याङ्जाली रेफ्री/एम्पायर – डिल्लु बिरकट्टा मगर
स्याङ्जाली रेफ्री/एम्पायर – दीपक थापा मगर

स्याङ्जाली रेफ्री/एम्पायर तथा टिम क्याप्टेन – अमित राना

स्पाईकर – सुजन गुरुङ “A”
स्पाईकर – विक्रम कुँवर
स्पाईकर – कुमार गुरुङ
स्पाईकर – उत्तम थापा मगर
स्पाईकर – संगम अधिकारी
स्पाईकर – कृष्ण न्यौपाने
स्पाईकर – अरुण प्रताप खाँण
लिबेरो – अमृत सुनार
लिफ्टर – राम गुरुङ
__________________________________
भलिवल प्रतियोगिता हुने मिति, समय र स्थान :

मिति : २०१९ अगष्ट १८ तारिक आईतबार ।
समय : बिहान ठीक ०९:०० बजेदेखि ।
स्थान : 아산시민 체육곤 충남 아산시 신정로 685

स्याङ्जा परिवारको टि-शर्ट लगाएर खेलमैदानमा स्याङ्जाली खेलाडीहरुलाई हौसला प्रदान गर्नुहुन/खेलको मनोरञ्जन लिनुहुन सम्पुर्ण स्याङ्जाली तथा खेलप्रेमी महानुभावहरुमा संस्थाले हार्दिक आग्रह गरेको छ ।

सो खेलमैदानमा नेपाली स्वादिष्ट खाजाका परिकारहरु र मनोरञ्जनात्मक प्रस्तुति रहनेछ । अन्ततः यो सिजनको पाँचौ प्रतियोगिता “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” आयोजना गर्ने बिश्वकर्मा समाज दक्षिण कोरियालाई कार्यक्रम सभ्य र भव्यताको साथ कार्यक्रम सफलताको शुभेच्छा सहित स्याङ्जा परिवारले हार्दिक शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस