Color

Uncategorized

स्याङ्जा भिर्कोट आर्थर तमु समाजको स्योकैँ तथा वनभोज कार्यक्रम सम्पन्न

स्याङ्जा भिर्कोट आर्थर तमु समाजको स्योकैँ तथा वनभोज कार्यक्रम सम्पन्न


शुसिल गुरुङ, दक्षिण कोरिया ।
“आत्मिय-सद्भाव, अनुशासन र गतिशिलता, मानविय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नाराका साथ स्थापित यस स्याङ्जा भिर्कोट आर्थर तमु समाज दक्षिण कोरियाले वार्षिक रुपमा मनाउदै अाइरहेको स्योकैँ ( बनभोज ) तथा समर क्याम्प पिकनिक कार्यक्रम यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ ।



अगस्त २ र ३ तारिखमा दुई दिनसम्म संचालन भएको स्योकैँ (बनभोज) तथा समर क्याम्प पिकनिकमा नेपाली मौलिक खानाका परिकारहरु व्यवस्था गरिनुका साथै विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको समाजका सचिव शुशिल गुरुङले जानकारी दिनुभयो । दक्षिण कोरियाका मनमोहक रमणिय स्थलहरु सोक्छो र उक्त ठाउँ नजिकै अवस्थित 설악산 को काखमा रहेको होटेल फ्यन्सेन तथा दक्षिण कोरियाकै दोस्रो ठुलो र सफा 속초 सामुन्द्रिक किनारमा विभिन्न रमाईला स्थानिय खेलहरु समेत आयोजना गरिएको थियो ।

कार्यक्रमको दौरानमा समाजका सदस्यहरु बिच परिचयात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो । “हामी नेपालीहरु प्रवाशि भुमिमा महनौँसम्म लगातार रुपमा कठिन परिश्रममा खटिरहन्छौँ । यस्तो समयमा शारिरीक र मानसिक थकानलाई मेट्नका लागि यस्ता खालका गतिविधीहरुले ठूलो भुमिका खेल्छ । साथै हामी प्रवाशि नेपालीहरुलाई एकताबद्द गर्न सहयोग पुर्याउछ, त्यहि सोच अनुरुप नै यो कार्यक्रमको आयोजना गरिएको थियो”- समाजका सचिव शुशिल गुरुङले कार्यक्रम आयोजना गरिनुको उदेश्यबारे थप प्रष्ट पार्नुभयो । उक्त कार्यक्रमलाई सफल बनाउनको निम्ती ब्यवस्थापनमा अहोरत्र खटेका समाजका सम्पूर्ण दाजुभाइ-दिदिबहिनिहरु, शुभचिन्तक एबम सहयोगि व्यक्तिहरुलाई नेपाली च्यानल डट नेट मार्फत समाजका अध्यक्ष नर कुमार गुरुङ्ले आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस