Color

Uncategorized

तमू धीं दक्षिण कोरियाले अगष्ट ११ मा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गर्ने ।

तमू धीं दक्षिण कोरियाले अगष्ट ११ मा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गर्ने ।


लेसन गुरुङ, दक्षिण कोरिया ।

दक्षिण कोरिया तमू धीं दक्षिण कोरियाले आगामी कोरियन महान चाड छुसकको दोश्रो दिन आयोजना गर्न लागिरहेको बृहत सांस्कृतिक कार्यक्रम चौथो रोधीं सांगीतिक सौगात को सम्पूर्ण तयारी पुरा भए संगै यहि आउंदो अगष्ट ११ तारिख आईतबार सौलमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गरि सम्पूर्ण जानकारी सार्बजनिक गर्ने भएको छ।

मौलिक पराम्परा र संस्कृतिलाई संरक्षण र संबर्द्वन गर्न र कोरियाबासी तमू एवं गैर तमू नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आपतविपतको बेलामा राहत होस् भन्ने उद्देश्यले “दिर्घकालीन शेल्टर व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ” यहि आउंदो सेप्टेम्बर १३ मा सौल हेवा मा आयोजना हुन लागिरहेको कार्यक्रम चौथो रोधीं सांगीतिक सौगातको विविध विषयहरुको तयारी पुरा भएको सन्दर्भमा सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई जानकारी गराउनका साथै कार्यक्रमको सम्बन्धमा रहेको जिज्ञासाहरुलाई मेटाउन र कार्यक्रमको प्रचारप्रसारको उद्देश्य सहित पोष्टर र भिडियो प्रोमो पनि सार्बजनिक गर्न गईरहेको हुनाले निम्न मिति ,समय र स्थानमा कोरियाबासी सम्पूर्ण पत्रकार एवं मिडियाकर्मी,विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवी,कलाकार,राजनितिज्ञ,खेलाडी,विद्यार्थी,बुद्दिजीवी लगायत शुभचिन्तक ज्यूहरुमा गरिमामय उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं।

मिति: २०१९ अगष्ट ११ ,आईतबार

समय: दिउंसो ठिक १२:०० बजे

स्थान: दर्शन नमस्ते रेष्टुरेन्टको हल,दोङ्देमुन सौल जाने तरिका: सौल मेट्रो लाईन नं. १ र ४ दोङ्देमुन स्टेशन गेट नं. ३ बाट निस्कने बित्तिकै

जाने तरिका: सौल मेट्रो लाईन नं. १ र ४ दोङ्देमुन स्टेशन गेट नं. ३ बाट निस्कने बित्तिकै

प्रतिक्रिया दिनुहोस