Color

Uncategorized

कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा आयोजित “भेटघाट तथा रमाईलो बनभोज कार्यक्रम” भब्यताका साथ सम्पन्न ।

कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा आयोजित “भेटघाट तथा रमाईलो बनभोज कार्यक्रम” भब्यताका साथ सम्पन्न ।


प्रकाश भट्टराई, दक्षिण कोरिया ।

“हाम्रो चाहना ,समृद्ध समाज निर्माणको परिकल्पना “ भन्ने मूल नाराका साथ एउटै माटो , प्रकृति र एउटै हावापानीमा हुर्केको तपाई हामी आफ्नो देशमा रोजगारीका अवसरको कमि महशुस गर्दै आफ्नो श्रम र पसिनाबाट परिवार ,समाज र समग्र राष्ट्रको सकारात्मक समृद्धि एवं सुखी जीवनको परिकल्पनाको सिलसिलामा साविकको कृष्ण गण्डकी र हालको कालिगण्डकी गा.पा. बाट कोरीयाको विभिन्न क्षेत्रमा कार्यरत हामी सबैलाई आज कृष्ण गण्डकीसमाजले एउटै परिवारको रुपमा गोलबद्ध बनाउदै गर्दा कृष्ण गण्डकी समाज दक्षिण कोरीया द्वारा आयोजित दोस्रो भेटघाट तथा रमाईलो बनभोज कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ।

कालिगण्डकी गा.पा. बाट आउनु भएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयतासँगै सम्बन्ध अझ बलियो बनाउने उद्वेश्यले यस संस्थाद्वारा आयोजना गरिएको रमाइलो वनभोज कार्यक्रम २०१९ अगष्ट ०३ (शनिवार) र ०४ (आईतबार) दुई दिन का दिन 용인 स्थित 황토그린빌리지펜션 सुविधासम्पन्न रिसोर्टमा भव्यताका साथ अधिकतम कालिगण्डकीवासी एवं स्याङ्जाको विभिन्न ठाँउबाट कोरीयामा रहनु भएको महानुभावहरु र अन्य जिल्लाका महानुभावहरुको सहभागितासँगै सम्पन्न भएको छ । कोरियन तथा नेपाली स्वादिष्ट परिकारहरुको साथमा सम्पन्न सो कार्यक्रममा कोरीयाको विभिन्न क्षेत्रबाट ७० जनाको उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष बिजय थापाको सभापतित्वमा सचिव हरी न्यौपानेले कार्यक्रम संचालन गर्नु भएको थियो सो कार्यक्रममा स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजका बरिष्ठ सल्लाहकार साथै नेपाल मगर सँघ कोरीयाका सल्लाहकार गुन बहादुर राना प्रमुख अतिथि, स्याङ्जा परिवार द. कोरीयाका अध्यक्ष युवराज गुरुङ् बिशिष्ट अतिथि, बरिष्ठ उपाध्यक्ष पुर्ण गुरुङ् , सचिब भक्त थापा सल्लाकार अनिल गिरी , सपना शर्मा , निवर्तमान सचिव बोम्जन गुरुङ संगै अन्य अतिथिहरुको उपस्थित रहेको थियो । भने स्वागत मन्तवय संस्थाका ब. उपाध्यक्ष प्रकाश भट्टराईले दिनुभएको थियो र कृष्ण गण्डकी समाज द. कोरीयाका नि. बर्तमान अध्यक्ष राजेश पाण्डे ज्यूले बिगत देखि अहिले सम्म समाजले गरेको काम र संस्थाको समग्र उदेश्य र विकाशबारे उपस्थित महानुभावहरुमा जानकारी गराउदै बोल्नु भएको थियो । त्यस विचमा कृष्ण गण्डकी समाजका सल्लाकार हरी न्यौपाने र सदस्य पशुपति भट्टराई आफ्नो कार्यकाल पुरा गरेर नेपाल फर्कन लाग्नु भएकोमा उहाँहरुको सफल यात्रा र समग्र नेपालको वसाईको शुभकामना सहित दोसल्ला र खादाले बिदाई गरिएको थियो भने संस्थाका सल्लाकार कमल अधिकारी ज्यूँलाई संस्थाको समग्र सहयोगको कदर गर्दै दोसल्लाले सम्मान गरीएको थियो ।

दुई दिने उक्त कार्यक्रममा वनभोज स्थलमा जादा बसमा सवार हँदा र बनभोज स्थलमै दोहोरी गायक कमल रेग्मी,माया न्यौपाने , गायक श्री सारु ,मणिदेव पाण्डे लगाएतका कलाकारको सांगितिक प्रस्तुति संगै रमाईलो नाचगान साथै पौडी खेली सबै जनाले मनोरन्जन लिनुभएको थियो।समग्र रुपमा कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन भएको छ ।

अन्ततः रमाईलो बनभोज कार्यक्रमलाई सफल बनाउनुहुने, संस्थाका सम्पुर्ण अग्रज व्यक्तित्हरु र सदस्य सहित व्यवस्थापनमा सहयोग गर्नु हुने तथा उपस्थित सबैलाई आयोजक कृष्ण गण्डकी समाज दक्षिण कोरियाको र ब्यक्तिगत तर्फबाट हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै र संस्थाले गरेका कामहरूको जानकारी गराउदै कार्यक्रमका सभापति तथा अध्यक्ष बिजय थापा ज्यूले रमाईलो बनभोज कार्यक्रमको औपचारिक कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस