Color

पत्रपत्रिकाबाट

पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसद सिंहको घोषणा

पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसद सिंहको घोषणा

 

 

 

काठमाडौं । भर्खरै नयाँ गित सृजना गरेर दर्शक स्रोतामाझ पस्केपछि विवादमा आएका गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका एक सांसदले २५ हजार पुरस्कार दिने घोषणा गरेका छन् । कांग्रेसका संसद् डा. अमरेशकुमार सिंहले आज बसेको प्रपतिनिधिसभाको बैठकमा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने- “जनताको बोलीलाई गायक शर्माले प्रतिनिधित्व हुने गरी सृजना गरेर गीत ल्याएका छन् म फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ उहाँलाई पुरस्कार स्वरुप दिनेछु।” जनताको अवाजलाइ गीतमार्फत भावना अपनाउर्ने भन्दै उनले यस्तो घोषण गरेको आशाय ब्याक्त गरे । सांसद सिंहले सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो ?’ भन्दै प्रश्नसमेत गरेका थिए ।

केही दिन अघि गायक पशपति शर्माले “लुट्न सके लुट कान्छा अरु देशमा पाईन्दैन नेपालमै छ छुट”भन्ने वोलको गीत बजारमा ल्याएका थिए । उनको गीत युट्युवमा आएको एक दिन पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले आपत्ति जनाएको भन्दै उनले उक्त गीत युट्युवबाट हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस