Color

Uncategorized

ठकुरी समाज दक्षिण कोरियाको अध्यक्षमा राजा राजेन्द्र शाही ज्यु निर्बाचित

ठकुरी समाज दक्षिण कोरियाको अध्यक्षमा राजा राजेन्द्र शाही ज्यु निर्बाचित

 

प्रबासमा हाम्रो एकता र सद्भाब, आपत – बिपतमा मिलाआै हात” मुल नाराका साथ स्थापित ठकुरी समाज दक्षिण कोरियाको पाँचौँ अधिबेशन फेब्रुअरी ३ तारीख ठकुरी समाजका अध्यक्ष राजा यु मल्ल ठकुरी ज्युको सभापतित्वमा सु-सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि समाजका संरक्षक राजा छानु चन्द ज्यु, बिशेष अतिथि समाजका सल्लाहकार तथा सुदुर – पस्चिम समाजका अध्यक्ष राजा कमल बहादुर शाही ज्यु, बिशेष अतिथि समाजकी सल्लाहकार तथा नेपाली जनसम्पर्क समितिकी सभापति महारानी आस्था बिन्दु मल्ल ज्यु, अतिथिमा समाजका सल्लाहकार राजा किशोर हमाल ज्यु, राजा हिमाल सिहँ ज्यु, सल्लाहकार राजा सुन्दर सिहँ ज्यु, शुभचिन्तक राजा राजन शाही ज्यु, शुभचिन्तक राजा भक्त शाही ज्यु लागाएत उल्लेखनीय राजा महारानी ज्युहरुको उपस्थितिमा कोरियाको राजधानी सउल, जोङ्गाक ज्योती रेस्टुरेन्ट्मा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सभाका सभाध्यक्ष, प्रमुख अतिथी, बिशेष अतिथी, अतिथी ज्युहरुले दिप – प्रज्वलन गरिबक्सदै समुद्घाटन गरिबक्सेको थियो ।

समुद्घाटन लगत्तै शुभकामना मन्तब्यको क्रममा ठकुरी समाजका बरिस्ठ उपाध्यक्ष राजा प्रकाश सिहँ ज्युले सभामा उपस्थित राजा महारानी ज्युहरुलाई स्वागत गरिबक्सिदै ठकुरी समाजको हकहित र समाजलाई अगाडी बढाउन महत्वपुर्ण सुझावहरु राखिबक्सेको थियो ।

शुभकामना मन्तब्यमा समाजका सचिव राजा नरेश चन्द ज्युले कोरियन सलनाल पर्बको शुभकामना सम्प्रेषण गरिबक्सदै ठकुरी समाजको बिकाष बिस्तारमा सधै समर्पित रहने कुरा राखिबक्सेको थियो ।

यसैगरी मन्तव्यकै क्रममा ठकुरी समाजका संरक्षक राजा छानु चन्द ज्युले ठकुरी एकताका लागि सबै राजा महारानी ज्युहरुले जागरुक हुनुपर्ने, समाजलाई अझ सबल बनाउनका निमित्त कोरियामा होईबक्सिएका राजा महारानी ज्युहरुले एउटै गोलबद्दमा भई अगाडी बढ्नुपर्ने, ठकुरी समुदायको रितिरिवाज, परम्परागत संस्कृति, भाषाको संरक्षण एबंम प्रबर्द्धन गर्नुपर्ने भनाईहरु राखिबक्सेको थियो ।

कार्यक्रमको अन्तिम मन्तब्यमा ठकुरी समाजका अध्यक्ष राजा युं मल्ल ठकुरी ज्युले आफ्नो कार्यकालका गतिबिधिहरु प्रस्तुत दिइबक्सिदै नयाँ चयन हुने कार्यसमिति लाई शुभकामना सम्प्रेषण गर्नुका साथै चौथो कार्यसमितिलाई बिघटन गरिबक्सेको घोषणा गरिबक्सेको थियो ।

ठकुरी समाज दक्षिण कोरियाका संरक्षक राजा छानु चन्द ज्युको संयोजकमा ५ सदस्यीय निर्णायक ज्युहरुको निर्णय अनुसार राजा राजेन्द्र शाही ज्युको नेतृत्वमा यस प्रकार पाँचौ कार्यसमिति सदस्यहरु सर्बसम्मत चयन गरिएको छ ।
अध्यक्ष – राजेन्द्र शाही
उपाध्यक्ष – नबिन बहादुर शाही
उपाध्यक्ष – बिक्रम हमाल
महासचिव – नरेश चन्द
सचिव – लक्ष्मण बहादुर सिहँ
कोषाध्यक्ष – सुनिल चन्द
सदस्य – लोकेन्द्र चन्द
सदस्य – हरि बिक्रम चन्द
सदस्य – डम्बर चन्द
सदस्य – राम कृस्ण मल्ल
सदस्य – निलेश सिहँ ठकुरी

ठकुरी समाज, दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस