Color

कोरिया विशेष

स्याङ्जा परिवारले यही अक्टोबर २१ मा दशैं मनाउने

स्याङ्जा परिवारले यही अक्टोबर २१ मा दशैं मनाउने

बोम्जन गुरुङ, सउल ।

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा स्याङ्जा परिवार दक्षिण कोरियाले २०७५ सालको बडादशैं तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान एवं नवौं कार्यसमिति सम्मान तथा बिदाई कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रमको आयोजना गरिएको हो ।

गत सेप्टेम्बर २५ तारिक सम्पन्न यस संस्थाको दशौं केन्द्रिय अधिवेशन पछि युवराज गुरुङको नेतृत्वमा नव गठित कार्यसमितिको पहिलो बैठक सोही महिनाको ३० तारिक स्याङ्जा घर “सेल्टर”मा बसेको थियो । सो बैठकमा प्रस्तावित बिभिन्न विषयमा आधारभूत र प्रारम्भिक रुपमा संस्थाको भावी योजना तथा कार्यक्रमको बारेमा छलफल गरिएको थियो । यसका साथै केन्द्रिय कार्यसमितिका लागि सल्लाहकारहरु, विभागीय प्रमुखहरु र खेलकुद संयोजक, भलिवल टिम क्याप्टेन र कोच को प्रस्ताव/चयन गरिएको र आधिकारिक घोषणा सोही अक्टोबर २१ तारिकको दशैं कार्यक्रममा नै गरिने संस्थाका केन्द्रिय अध्यक्ष युवराज गुरुङले जानकारी दिएका छन् ।

यसै अवसरका विच नवौं कार्यसमितिमा आबद्व रहेर २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दै तत्कालीन कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सम्मान तथा बिदाई गरिने संस्थाका केन्द्रिय सचिव भक्त थापाले जानकारी दिए । दशैंको धार्मिक परम्परा अनुसार अग्रज तथा मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलनलाई कायम राख्दै यो महत्वपूर्ण अवसर प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

२०७५ सालको बडादशैं तथा शुभ दिपावलीको पावन अवसरमा समस्त सु-स्वास्थ्य, सुख-समृद्धि , खुशी, दिर्घायु र चिरायु अनि सफलताको हार्दिक मंगलमय अग्रिम शुभकामना व्यक्त गर्दै संस्था सम्बद्ध (केन्द्रिय,किम्हे-बुसान,थेगु शाखा) सम्पूर्ण कोरियास्थित स्याङ्जाली तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा कार्यक्रममा पाल्नुहुन र सभ्य र भव्य रुपमा सफल बनाउनुहुन स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०१८ अक्टोबर २१ तारिक (आइतबार)
स्थान : एभरेष्ट करी वर्ल्ड रेष्टुरेन्ट, दोङ्देमुन(सउल)
समय : दिनको ठीक १२:०० बजे ।
जाने तरीका : लाईन नं. १, दोङ्देमुन स्टेशन, गेट नम्बर २ को अगाडि ।

सोधपुछका लागी सम्पर्क :

👉 युवराज गुरुङ : 01059610747
👉 पूर्ण गुरुङ : 01058367960
👉 भक्त थापा : 01046716910
👉 बिजय थापा : 01037855450

नोट : सबैलाई हर सम्भव सूचना सम्प्रेषण गरिएको छ यदि कुनै कारणवश प्राप्त नभए यसै सूचनालाई आधार मानेर उपस्थिति जनाइदिनुहोला ।

आयोजक : स्याङ्जा परिवार दक्षिण कोरिया ।

प्रतिक्रिया दिनुहोस