नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् । काममा अत्यन्त व्यस्त भएकाले अर्को बर्षमा मात्र बिहे गर्ने उनीहरुको योजना छ ।
तर, प्रियंकासँग जोडिएपछि भने नायक आयुष्मान देशराज जोशीको करिअरमा धेरै परिवर्तन आएको छ । नायिका प्रियंका कार्कीले केही समय अगाडि नै साइन गरेको चलचित्र ‘राधा २’मा आयुष्मान पनि जोडिएका छन् । निर्देशक योगेश घिमिरेले भने-‘हामीले रियल लाइफ जोडी भएर वा कसैको दबाबमा आयुष्मानलाई लिएका होइनौ । यो म्यूजिकल लभ स्टोरी चलचित्र हो । यसमा आयुष्मान पोख्त लागेर लिएका हौ ।’