Color

Uncategorized

इण्डोनेशिया: भूकम्प र सुनामीपछि शक्तिशाली परकम्प

इण्डोनेशिया: भूकम्प र सुनामीपछि शक्तिशाली परकम्प

 

इण्डोनेशियाको पालु नगर वरपर चार सयभन्दा बढी मानिसको ज्यान जानेगरी गएको भूकम्पपछि शक्तिशाली परकम्पहरू आउनेक्रम जारी रहेको छ।

भूकम्प र त्यसपछि समुद्री तट क्षेत्रमा आएको सुनामीका कारण ५०० जना भन्दा बढी घाइते भएका छन्।

पालु नगरमा भवनका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेका छन्।

ज्यान गुमाएका मानिसका शवहरू सडकमा छन्। अस्पताल भवनहरूमा क्षति पुगेकोले घाइतेहरूको उपचार त्रिपालहरूमा भइरहको छ।

प्रतिक्रिया दिनुहोस