Color

Uncategorized

ठकुरीसमाज दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रमकालागि चर्चित कलाकारहरु कोरिया आइपुगे।

ठकुरीसमाज दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रमकालागि चर्चित कलाकारहरु कोरिया आइपुगे।

सुनिल हमाल सौल ,दोहोरी धमाका तथा डान्स पार्टीका लागि नेपालका चर्चितकलाकारहरु शनिबार काेरिया अाइपुगेका छन्।
यहि सेप्टेबर २३ तारिख (छुसक को पहीलो दिन) आयोजना हुनेदोहोरी धमाका तथा डान्स पार्टी को लागि चर्चित कलाकारहरू गायक रामजी खाँड,शिव हमाल,सम्झना लामिछाने मगर लगायतका कलाकारहरु कोरिया आइपुगेका छन ।
कलाकारहरू लाइ स्वागत गर्नका लागी ठकुरीसमाज दक्षिण काेरियाका अध्यक्ष यु मल्ल लगाएतका पदाधिकारीहरू इन्छन अन्तराष्ट्रिय बिमान स्थलमा पुगेका थिए।दर्शकको सुविधालाई ध्यानमा राखी दोंग्देमूनको गेट नम्बर २ र ३ बाट कार्यक्रम स्थल सम्म पुग्नको लागि बसको ब्याबस्था पनि गरिएको छ भने कार्यक्रम लाइ थप मर्यादित बनाउन करिब ५० जनाको हाराहारीमा स्वयंसेवक समेतको ब्याबस्था गरिएको छ ।

 

कार्यक्रमलाइ हानापास रेमिट्यान्स,,दर्शन नमस्ते रेस्टुरेन्ट दोंग्देमुन, निक नेपाल ट्राभल्स दोंग्देमुन, माया मार्ट दोंग्देमून ,लालीगुरासरेस्टुरेन्ट , पूजारेस्टुरेन्ट ,दर्शन नमस्तेरेस्टुरेन्ट ,नाग्लो रेस्टुरेन्ट,लुम्बनिरेस्टुरेन्ट,एवेर्स्ट करी रेस्टुरेन्ट,नेपाली किचन ,सुभेछारेस्टुरेन्ट ,पोतालास्टुरेन्ट सौजन्य गरेका छन् भने हाल सम्म सय ५० जनाको हाराहारीमा सहयोगी दाताको नामावाली ठकुरीसमाज दक्षिण कोरियाको फेसबुक पेज बाट प्रकाशित गरिएको बताएको छ । कार्यक्रममा कोरियाका कलाकार हरुको पनि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

ठकुरी समाज दक्षिण कोरिया
स्थान :भिक्टोरिया होटेल मिया साखरी ( 빅토리아 호텔 미아사거리 ) दग्देमुन देखी बस को बेवस्था
मिती: 2018 sep 23-24(5 pm to 4 am)

प्रतिक्रिया दिनुहोस