Color

कोरिया विशेष

स्याङ्जा परिवारले “तेश्रो स्याङ्जा कप २०१८” को आयोजना गर्दै ।

स्याङ्जा परिवारले “तेश्रो स्याङ्जा कप २०१८” को आयोजना गर्दै ।

 

 

 

“राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाले “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिता गर्ने भएको छ ।

भलिवल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस २०१८ सिजनकै पाँचौं प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो अगष्ट २६ तारिक आईतबारका दिन सउलस्थित गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टर (서울시 강북구 4.19 로 74) मा “तेश्रो स्याङ्जा कप २०१८”को आयोजना गरिने भएको हो ।

यस प्रतियोगितामा पनि भलिवल संघको नियमानुसार पुरस्कार प्रथम र द्वितीय ले कप, सम्मान पत्र सहित क्रमशः १३ लाख वोन र १० लाख वोन त्यसै गरि दुई सेमीफाइनलिष्ट टिमले जनही ४ लाख वोनका दरले पुरस्कार हात पार्नेछ साथै खेलको आधारमा एक जना उत्कृष्ट खेलाडीलाई कप, नगद र सम्मान पत्रले सम्मान गरिने स्याङ्जा परिवार केन्द्रिय अध्यक्ष वाई. बी. राना मगरले जानकारी गराए ।

अगष्ट २६ तारिकको खेल सञ्चालनको लागि आधारभूत तथा प्रारम्भिक तयारी अनुरुप टिम दर्ता, टाईसिट (Tie-Sheet) निर्माण र सार्वजनिक कार्यक्रम तल उल्लेखित मिति, समय र स्थानमा हुने संस्थाका खेलकुद संयोजक लेसन गुरुङले जानकारी दिएका छन् ।

★टाईसिट (Tie-Sheet) निर्माण र सार्वजनिक कार्यक्रम★

मिति : २०१८ अगष्ट १९ तारिक आईतबार ।
समय : दिनको ठीक १२ बजे ।
स्थान : नाङ्गलो रेष्टुरेन्ट (छिहा हल)
जाने तरीका : मेट्रो लाईन नम्बर १, दोङ्देमुन ३ नम्बर नजिकै ।

सम्पर्क नम्बरहरु :
वाई.बी. राना : 01059407392
धर्म गुरुङ : 01058565031
लेसन गुरुङ : 01021632841
डिल्लु बिरकट्टा मगर : 01021356712

प्रतियोगिता हलमा मनोरञ्जनात्मक प्रस्तुतिसँगै मनग्य स्वादिष्ट नेपाली खाजाका परिकारहरुको व्यवस्था गरिने आयोजकले जनाएको छ ।”तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिताका लागि टिम दर्ता, टाईसिट (Tie-Sheet) निर्माण र सार्वजनिक कार्यक्रम माथि उल्लेखित मिति, समय र स्थानमा हुने भएकोले टिम दर्ताको लागि कोरिया स्थित ईच्छुक संघ-संस्था एवं समूह/ग्रुपका टिम संयोजक, क्याप्टेन वा सम्बन्धित संस्थाका प्रतिनिधि ज्युहरुलाई खेलाडीको नामावलि सहित उपस्थित भईदिनुहुन र भलिवल प्रतियोगिता सफल बनाउन आर्थिक, नैतिक सबैखाले सहयोग गर्नुहुन कोरियावासी सम्पूर्ण नेपालीहरुलाई स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिति, स्थान र समय :

मिति : २०१८ अगष्ट २६ तारिक आईतबार ।
समय : बिहान ठीक १०:०० बजेदेखि बेलुका ७:०० बजेसम्म ।
स्थान : गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टर (서울시 강북구 4.19 로 74)

जाने तरिका : सउल मेट्रो लाईन नं. ४ सुयु स्टेशन गेट नं ६ बाट १०४ वा १ नं. बस चढेर 서강북 청소년 수련관 मा झर्ने ।

प्रतिक्रिया दिनुहोस