Color

कोरिया विशेष

ठकुरी समाज द. कोरियाद्वारा नेपाली फेन्सिङ खेलाडीहरु सम्मानित ।

ठकुरी समाज द. कोरियाद्वारा नेपाली फेन्सिङ खेलाडीहरु सम्मानित ।

सिओल,सुनिलहमाल  इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि कोरिया मा अभिषेक कार्की तथा जलिन्द्रबहादुर शाहिको   नेतृत्वमा१०  सदस्यीय नेपाली टोलीलाई ०४/ ०८ /२०१८ मा ठकुरी समाज दक्षिण कोरियाको तर्फबाट संस्थागत रुपमा संयुक्त रुपमा अनौपचारिक भेटघाटको अवसरमा रात्री भोज साथै सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल को  शान, नेपालको गौरव वैदशिक प्रशिक्षणका लागि  खेलकुदको शिलशिलामा दक्षिण कोरिया आउनुभएकापुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट रहेका छन् । महिलामा कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल र अस्मिता बस्नेत छन् । प्रशिक्षकमा अभिषेक कार्की तथा जलिन्द्रबहादुर शाहिलाई  रहनु भयको छ संस्थाका  अध्यक्ष  यु मल्ल  वर्तमान सल्लाहकार अशोक खाड  , कमल शाही भू.पू.अध्यक्ष तथा वर्तमान सल्लाहकार कुमार सेन , अग्रज तथा सक्रिय व्यक्तित्वहरु छानु चन्द , नरेशचन्द, राजेन्द्र शाही ,राजेन्द्र हमाल ,दिपेन्द्रसिंह ठकुरी    लगायतले  दोसल्ला र खादा लगाई सम्मान गरेको हो ।

 

सो प्रतियोगितामाटोली जुलाई २६ देखि अगष्ट १५ तारिखसम्म सिओल फिजिकल एजुकेसन हाइ स्कुलमा प्रशिक्षणरत रहनेछ । अगष्ट १५मै टोली सिओलबाटै इन्डोसिया जानेछ । नेपालले पुरुष÷महिलाको फोइल र साब्रेतर्फ व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ  जनाएका छन् । एसियाडअन्तर्गत फेन्सिङको प्रतिस्पर्धा अगष्ट १९ देखि २४ तारिखसम्म चल्नेछ ।

उहाँहरुको कोरिया बसाई अत्यन्तै छोटो भएको हुनाले पर्याप्त समयाभाव र अति व्यस्तताका बावजुद पनि आकस्मिक रुपमा यस महत्वपूर्ण कार्यक्रममा जुट्नुहुने सम्मानित खेलाडीहरु रठकुरी समाज द. कोरियाद्वारा महानुभावहरुप्रति ठकुरी समाज द. कोरिया ले हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नुका साथै आकस्मिक यस कार्यक्रम आयोजनाको क्रममा सम्पूर्ण शुभचिन्तकहरु प्रति पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस