Color

कोरिया विशेष

स्याङ्जा परिवारको बुसान-किम्हे शाखामा दोश्रो अधिवेशन सम्पन्न, जीबलाल काफ्लेको नेतृत्वमा कार्यसमिति चयन

स्याङ्जा परिवारको बुसान-किम्हे शाखामा दोश्रो अधिवेशन सम्पन्न, जीबलाल काफ्लेको नेतृत्वमा कार्यसमिति चयन

 

सौल बोम्जन गुरुङ,दक्षिण कोरियामा स्याङ्जालीहरुको आपसी सद्भावलाई अझ मझबुत बनाउदै विविध समस्याहरुमा सहज रुपले हातेमालो गर्ने र संस्थागत महिमालाई अझ फराकिलो बनाउँदै आईरहेको यस संस्थाको बुसान-किम्हे शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

कोरियाको राजधानी सउलबाट गएको यस स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रिय कार्यसमिति/थेगु शाखा कार्यसमिति सहित सल्लाहकार, विभागीय प्रमुख लगायत सक्रिय अग्रज व्यक्तित्वहरु र बुसान-किम्हे आसपासका सम्पूर्ण स्याङ्जालीहरुको बाक्लो उपस्थितिका विच ०५ अगष्ट २०१८ मा किम्हे स्थित लुम्बिनी रेष्टुरेन्टमा दोश्रो अधिवेशन सम्पन्न भएको हो ।

बुसान-किम्हे कार्यसमितिका सल्लाहकार राजकुमार आलेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा केन्द्रिय समितिका कार्यवाहक अध्यक्ष वाई.बी. राना, संस्थाका पूर्वाध्यक्ष तथा सल्लाहकार गुप्त गुरुङ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार धर्म गुरुङ, थेगु कार्यसमितिका अध्यक्ष बीरेन्द्र नौभाग्य, सोही शाखाका वरिष्ठ सल्लाहकार रमेश मश्रान्ङ्गी राना लगायतले स्याङ्जाली एकतासँगै हरेक क्षेत्रमा अझै निरन्तर अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै अधिवेशन सफलतामा धेरै खुशी व्यक्त गर्दै नव गठित दोश्रो कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनमा उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणमा कार्यक्रम विभाजित गरिएको थियो । जसमा पहिलो चरणमा बुसान-किम्हे शाखाका अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेको सभापतित्व, दोश्रो चरणमा नवगठित दोश्रो अध्यक्ष जीबलाल काफ्लेले सभापतित्व ग्रहण गरेका थिए र प्रमुख अतिथिमा केन्द्रिय कार्यवाहक अध्यक्ष वाई.बी. राना रहेका थिए भने केन्द्रिय/बुसान-किम्हे शाखाका सल्लाहकार नवराज वाग्ले र दोश्रो अधिवेशन सम्पन्न पश्चात नव समितिका सचिव सन्तोष पोख्रेलले क्रमैसँग कार्यक्रम संचालन गरेका थिए ।

दोश्रो बन्द सत्रका लागि निर्वाचन मण्डल केन्द्रिय कार्यवाहक अध्यक्ष वाई.बी. रानाको संयोजकत्व सँगै गुप्त, गुरुङ, धर्म गुरुङ, रमेश मश्रान्ङ्गी राना, बीरेन्द्र नौभाग्य, बोम्जन गुरुङ लगायतको टिमले विधिवित रुपमा नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेका थिए ।

सोही कार्यक्रमको अवसर पारेर ईपीएस प्रणाली अन्तर्गत वैधानिक रुपमा रहेर ४ वर्ष १० महिनाको सफल कोरिया बसाई पूरा गरेकोमा निवर्तमान शाखा अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेलाई केन्द्रिय कार्यसमिति, थेगु शाखा/बुसान-किम्हे शाखाद्वारा सम्मान पत्र सहित दोसल्ला/खादाले सम्मान गर्नुका साथै स्याङ्जा भलिवल टिमलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । यस दोश्रो अधिवेशनलाई सभ्य र भव्य रुपमा सु-सम्पन्न गर्न कार्यक्रममा उपस्थित समस्त स्याङ्जाली, गैर स्याङ्जाली महानुभावहरुलाई आयोजक बुसान-किम्हे शाखाले धन्यवाद र आभार व्यक्त गरेको छ ।

बुसान-किम्हे शाखाको दोश्रो अधिवेशनबाट सर्वसम्मत १३ सदस्यीय कार्यसमितिको संरचना यसप्रकार छ :

अध्यक्ष – जीबलाल काफ्ले
वरिष्ठ उपाध्यक्ष – कमल अर्याल
उपाध्यक्ष – नवराज खाँण
सचिव – सन्तोष पोख्रेल
सह-सचिव – रेशम लाल मरासिनी
कोषाध्यक्ष – प्रबिन तिवारी
सह-कोषाध्यक्ष – नमुना पौडेल
सदस्य – गोविन्द पौडेल
सदस्य – शंकर पौडेल
सदस्य – विक्रम कुँवर
सदस्य – हिमाल न्यौपाने
सदस्य – भुवन थापा
सदस्य – पार्वती अधिकारी

प्रतिक्रिया दिनुहोस